कञ्चनपुर: कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं. ५ गुलरियामा नगरस्तरीय बाल भेला २०८२ को आयोजना गरिएको छ। कृष्णपुरका बालबालिकाको चौतर्फी विकास बालबालिकाले स्व-स्फुर्त निर्णय लिनसक्ने निकालौ निकास भन्ने मुल नारा सहित कृष्णपुर नगरपालिका, NNSWA र World Vision संस्थाको सहयोगमा बिहीवार नगर स्तरीय बाल सञ्जालको आयोजनामा आयोजित भेला नगरपालिका सभाहलमा आयोजना गरिएको हो। कार्यक्रमको नगर प्रमुख हेम राज ओझाद्वारा उद्घाटन गरिएको थियो।


कार्यक्रममा सभाअध्यक्ष कृष्णपुर नगर स्तरीय बाल सञ्जालका अध्यक्ष अशोक धामी, प्रमुख अतिथी कृष्णपुर नगरपालिका प्रमुख हेम राज ओझा, विशिष्ट अतिथी उप प्रमुख द्रोपती राना, प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र प्रसाद भट्ट, अतिथी टेक पाण्डेय, कार्यापालिका सदस्य रतन बोहरा, आरती धामी, NNSWA कञ्चनपुर का कार्यक्रम संयोजक रामेश्वर जैरु, World Vision का जिल्ला संयोजक सुरज शर्मा, NNSWA का बाल संरक्षण अधिकृत गणेश भुल, नगर स्तरीय बाल सञ्जालमा आवद्ध स्थानीय बालबालिकाहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा स्वागत मन्तव्य र उदेश्य प्रस्तुतिकरण कृष्णपुर नगरपालिकामा कार्यरत महिला तथा बालबालिका शाखा प्रतिनिधि चन्द्रा तिमिल्सिनाले गरेकी थिईन। त्यस्तै बाल भेला परिचय महत्त्व र बाल भेला प्रक्रिया बारे बाल संरक्षण अधिकृत गणेश भुलले प्रस्तुतिकरण गरेका थिए।
बाल भेलामा बालबालिकाको क्षमता विकासका लागि रुचि/अरुची, सुरक्षित/असुरक्षित, शरिरको नक्सा, बाल सचेतना, लागू औषध नियन्त्रण सम्बन्धि जानकारी लगायतका कार्यक्रम का साथै योजना निर्माण, बजेट व्यवस्थापनका पहल अभ्यास समेत गरिएको थियो।
भेलाले बालबालिकाको सशक्तिकरण र सिर्जनात्मक क्षमताको वृद्धिमा टेवा पुर्याउने र बालबालिकाका लागि आगामी आर्थिक बर्षमा बजेट छुट्याएको नगर प्रमुख हेम राज ओझाले बताएका छन्।

बालबालिकाका लागि नगरपालिकाले सक्दो सहयोग गरिरहेको र बालबालिकाको हक हितमा सधै नगरपालिका काम गर्ने कृष्णपुरका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र प्रसाद भट्टले बताएका छन्।


