कञ्चनपुर: कृष्णपुर नगरपालिका वडा नं. ३ देखतभुली चित्रपुर कञ्चनपुरमा हिजो बिहीवार देखि खुल्ला क्रिकेट प्रतियोगिता २०८१ को उद्घाटन गरिएको छ। कृष्णपुर नगरपालिका-३ का वडा अध्यक्ष खेम राज चौधरीले प्रतियोगिताको उद्घाटन गरेका थिए। चित्रपुर युवा क्लब को आयोजनामा खुल्ला क्रिकेट प्रतियोगिता २०८१ को आयोजना गरिएको छ। चित्रपुर युवा क्लबको CPL Season 3 को उद्घाटन गरिएको छ।
प्रतियोगितामा प्रवेश शुल्क ३ हजार १ रुपैया राखिएको र प्रथम विजेता लाई २५ हजार नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र उपलब्ध गराईने छ र दोस्रो(उप-विजेता) लाई १२ हजार नगद पुरस्कार ट्रफी, मेडल र प्रमाण पत्र उपलब्ध गराईने आयोजकले जनाएको छ। त्यस्तै प्रतियोगितामा प्लेयर अफ फि म्याच, प्लेयर अफ दि सिरिज, प्लेयर अफ द टुनामेन्ट, बेष्ट किप्पर, बेष्ट फिल्डर, बेष्ट बलर र बेष्ट ब्याट्समेनलाई समेत उचित पुरस्कार दिईने आयोजकले जनाएको छ।बिहीवार उद्घाटन खेल बसन्तपुर युवा क्लब र चित्रपुर युवा क्लब”आयोजक “ए” बिच भएको थियो जसमा आयोजकले जित हासिल गरेको थियो। त्यस्तै उद्घाटनका दोसो खेल चित्रपुर युवा क्लब”आयोजक ‘बी’ र देखतभुली युवा क्लब बिच भएको थियो जसमा देखतभुलि युवा क्लबले जित हासिल गरेको छ। उद्घाटनको तेस्रो खेलमा कलुवापुर ११ र देखतभुली युवा समाज बीच भएको थियो जसमा देखतभुली युवा क्लवले जित हासिल गरेको आयोजक क्लबका अध्यक्ष गणेश कार्कीले बताएका छ्न्।
आज हुने खेलहरुमा: बसन्तपुर युवा क्लब र माष्टा मेडिकल बीच १० बजे, कलुवार ११ र न्युज साईना स्टार कालागौडी बीच २ बजे र चित्रपुर युवा क्लब र वाणी हन्टर बीच ४ बजे हुनेछन्।
खेल र खेलाडीका क्षेत्रमा वडाको टिम सक्रियताका साथ लागिरहेको स्थानीय क्रिकेट खेलाडीहरुका लागि फिल्ड व्यवस्थापन सहित खेल सञ्चालनमा खेल सामाग्री सहयोग गरेको वडा सदस्य भिम राज जोशीले बताएका छन्।क्रिकेट खेलले देशको पहिचान बनाईरहेको बेला कृष्णपुर ३ का क्रिकेट खेलाडीहरुका लागि वडाले सहयोग गरेको साथै खेलाडीहरूको हक हितमा रहेको, खेलाडी उत्पादनमा वडा कार्यालय लागिरहेको वडा अध्यक्ष खेम राज चौधरीले बताएका छन्।
प्रतियोगिताको उद्घाटन समारोहमा स्थानीय समाजसेवी, राजनीतिक दलका अगुवा र खेलप्रेमी व्यक्तित्वहरुको उपस्थिति रहेको थियो। प्रतियोगिता कृष्णपुर-३ स्थित चित्रपुर खेल मैदानमा सञ्चालन भईरहेको छ।