कृष्णपुरमा बिग्रिएका सबै सिसी टिभी क्यामरा मर्मत

कञ्चनपुर: कृष्णपुरमा लामो समयदेखी बिग्रिएका सबै सिसी टिभी क्यामरा मर्मत गरिएको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिकाले बजार क्षेत्रमा जडान गरिएका सिसी क्यामरा बिग्रिएकोमा मर्मत गरेको हो। कृष्णपुरको पुर्व पश्चिम राजमार्ग अन्तर्गत मोहना चोक देखि बनरा चोक सम्म सडक राजमार्ग मुख्य चोकमा जडित जम्मा ४४ सिसिटिभि क्यामरा मर्मत भई सुचारु भएका छन्।

कृष्णपुर नगरपालिका का नगर प्रमुख हेम राज ओझाले गुलरियाको मोहना चोक, गुलरिया बजार देखि बनदेवी मन्दिर सम्म २२ वटा सिसि टिभी क्यामरा र मछेली चोक, वाणी बजार बंक बजार देखि बनरा चोकमा रहेका २२ सिसिटिभि क्यामरा मर्मत/सुचारु गरिएको बताएका छन्।

पुर्व पश्चिम राजमार्ग मुख्य चोकमा रहेका जम्मा ४४ वटा सिसी टिभी क्यामरा र थप शाखा सडकका सिसि क्यामरा मर्मतका लागि नगरपालिकाले ४ लाख ९७ हजार (भ्याट सहित) रुपैयाँ खर्च गरेको कृष्णपुर सूचना प्रविधि शाखा प्रमुख मदन राज पाण्डेयले बताएका छन्। कृष्णपुरमा लामो समयदेखि सिसी टिभी क्यामरा बिग्रिएकाले अपराधिक कृयाकलाप तथा दुर्घटना हुँदा अनुसन्धानमा समस्या हुने गरेको थियो। जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले मर्मतका लागि अनुरोध गरेकोमा नगरपालिकाले सिसि टिभी क्यामरा मर्मत गरेको हो।

लामो समयदेखि कृष्णपुरमा सिसि टिभी क्यामरा मर्मत नहुदा स्थानीयका समस्या देखाउदै, ई.एन नेपाल डटकमले निरन्तर खबरदारी मुलक/जनपक्षमा समाचार प्रशारण गर्दै आएको थियो। हाल सिसि टिभी क्यामरा बनेका छन् अब भने कृष्णपुरको मुख्य बजार क्षेत्रमा २४ घण्टा नै सिसि टिभी क्यामरा सञ्चालनमा रहनेछन्। सिसि टिभी क्यामरा बने संगै कृष्णपुरमा चोरी, लुटपाट, झै झगडा, अपराध का घटनामा न्यूनीकरण हुने स्थानीयहरुले आशा लिएका छन्।

कृष्णपपुरको ईलाका प्रहरी कार्यालय गुलरियाका मातहतमा रहेका २२ वटा क्यामरा र अस्थायी प्रहरी पोष्ट वाणीका मातहतमा रहेका २२ वटा क्यामरा मर्मत भई सुचारु भैसकेको ईलाका प्रहरी कार्यालय गुलरियाले जनाएको छ।

Facebook Comments Box