📅 मिति: २०८२ जेष्ठ २०, मंगलबार
✍️ – भरत बहादुर थापा, कञ्चनपुर
🔗 ई.एन नेपाल डटकम/अनलाइन
प्रिय पाठक, दर्शकश्रोता नमस्कार
“तपाईंको सूचना, हाम्रो समाचार – खबरमा सत्यता; खबरदारीमा निष्पक्षता” भन्ने मूलमन्त्र बोकेको हाम्रो ई.एन नेपाल मिडियाले हालै कृष्णपुर नगरपालिका–१ स्थित कुमगाडा जाने घाडी, तितु डाँडा क्षेत्रको विशाल सामुदायिक तथा राष्ट्रिय वनमा भएको अवैध रुख कटानी र काठ चोरीका गतिविधिमा जनताको सूचनाका आधारमा समाचार प्रशारण गरेको छ।
हाम्रो खबरदारीको प्रमुख आधार तपाईंहरूले दिनुभएको सूचना हो। तर दुःखद पक्ष के देखियो भने — समाचार सम्प्रेषणको प्रक्रियामै रहेका बेला, कुनै जानकारी नलिई सामाजिक सञ्जालमा हाम्रो मिडिया संस्थामाथि प्रश्न उठाउने र विश्वास नघटाउने शैलीमा टिप्पणी गरिएको पाइयो। यसप्रति हाम्रो टिम गम्भीर रूपमा सजग बनेको छ।

हामी स्पष्ट रूपमा भन्न चाहन्छौं — ई.एन नेपाल सधैं सत्य, निष्पक्षता र जनउत्तरदायित्वको पक्षमा उभिएको छ।
✅ समाजमा मौलाउँदै गएका बेथिति, अन्याय, भ्रष्टाचार तथा अवैध कार्यहरू विरुद्ध हाम्रो आवाज कहिल्यै कमजोर भएको छैन।
✅ सालका काठ तस्करी, वन विनाशजस्ता गम्भीर मुद्दामा हामी निरन्तर समाचारमार्फत खबरदारी गर्दै आएका छौं।
✅ तर हामी ‘सर्वज्ञ’ हैनौं। हरेक सूचना हामीसम्म आइपुग्दैन। तपाईंको सहयोग बिना सत्यको उजागर अधुरो हुन्छ।
हामीले प्राप्त सूचना अनुसार कृष्णपुर–१ को सामुदायिक वनको उत्तरी सिमानाबाट नजिकै रहेको फेदी क्षेत्रमा दुईवटा काँचो सालका रुखहरू काटी चिरान गरी चोरी गरिएको पुष्टि भएको छ। घटनाबारे थप बुझ्न हामीले सब डिभिजन वन कार्यालय वाणीका प्रमुख भरत शाह तथा विशाल सामुदायिक वन अध्यक्ष सुचित्र शाहसँग सम्पर्क गरेका थियौं। सब डिभिजन प्रमुख शाहहरूले प्रारम्भिक जानकारी नभएको जनाउँदै भोलिबाट अनुसन्धान सुरु गरिने जानकारी दिएका छन्। साथै, यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता समेत जनाएका छ।
👉 सालका रुखहरूको अवैध कटानी र काठ तस्करी एक गम्भीर वातावरणीय अपराध हो।
👉 यसमा संलग्न जो–कोहीलाई कानुनी कठघरामा ल्याइनु आवश्यक छ।
👉 हामी निष्पक्ष छानबिनको दबाब दिनेछौं र निरन्तर खबरदारी गर्नेछौं।
👉 गोप्य सूचना छ भने हामीलाई सिधै मेसेज गर्नुहोस् — स्रोतको गोपनीयताको पूर्ण सुरक्षा हामी दिन्छौं।
हामी तपाईंहरूसँग छौं – सत्यका लागि, न्यायका लागि, खबरदारीका लागि।
यी र यस्ता विषयमा हामी निरन्तर #FollowUp समाचार प्रशारण गर्दै जानेछौं।
हाम्रो उद्देश्य खबरको नाममा हल्ला फैलाउने नभई सत्य प्रमाणका आधारमा पत्रकारिताको धर्म निभाउनु हो।
धन्यवाद 🙏
📢 ई.एन नेपाल — जहाँ तपाईंको सूचना बन्ने गर्छ हाम्रो समाचार 🕊️ “निष्पक्ष पत्रकारिता, निडर संकल्प!”