कञ्चनपुर: कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका–२, वाणीस्थित देखतभुली रोडमा ‘आर डी आर कलेक्सन’ नामक नयाँ पसलको शुभारम्भ भएको छ। हिजो बिहीबारदेखि सञ्चालनमा आएको यो पसल नवजात शिशु, बालबालिका र महिलाका लागि विशेष कपडा तथा खेलौना सामग्रीहरू उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको हो।
पसलका सञ्चालक दिपेन्द्र नेगीका अनुसार, “हामीले ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै उत्कृष्ट गुणस्तरका कपडाहरू र खेलौना सामग्रीहरू उपलब्ध गराएका छौं। हाम्रो उद्देश्य ग्राहकहरूलाई स्टाइलिश र आरामदायक अनुभव प्रदान गर्नु हो।”
पसलको उद्घाटन अवसरमा ग्राहकहरूलाई विशेष छुट प्रदान गरिने छ। यो अफर सीमित समयका लागि मात्र उपलब्ध हुनेछ, जसले ग्राहकहरूलाई उच्च गुणस्तरका उत्पादनहरू किफायती मूल्यमा प्राप्त गर्ने अवसर प्रदान गर्न सञ्चालकले जनाएको छ।
यदि तपाईं उच्च गुणस्तरका कपडा र खेलौना सामग्रीहरू खोज्दै हुनुहुन्छ भने, आर डी आर कलेक्सन तपाईंको लागि उपयुक्त गन्तव्य हुन सक्छ। उद्घाटन अफरको लाभ उठाउन आजै पसलमा पुग्न समेत सञ्चालकले अनुरोध गरेका छन्।
