सार्वजनिक शिक्षामा कृष्णपुरलाई ऐतिहासिक सम्मान

पोखरा: दोस्रो राष्ट्रिय सम्म्मेल २०२५ मा सार्वजनिक शिक्षामा उल्लेखनीय सुधार र गुणस्तरीय शिक्षाको प्रवर्द्धनमा अग्रसर रहेको कञ्चनपुरको कृष्णपुर नगरपालिकालाई सामुदायिक विद्यालय प्रधानाध्यापक संघद्वारा विशेष सम्मान प्रदान गरिएको छ।

उक्त सम्मान समारोह पोखरामा आयोजित दोस्रो राष्ट्रिय सम्मेलन २०२५ को अवसरमा आयोजना गरिएको थियो। सम्मानपत्र शिक्षा मन्त्री माननीय रघुजी पन्त र केन्द्रिय शिक्षा समितिको अध्यक्ष अमर बहादुर थापाद्वारा नगरपालिकाको तर्फबाट नगर प्रमुख हेमराज ओझा र उप-नगर प्रमुख द्रोपती रानालाई हस्तान्तरण गरिएको हो।

कार्यक्रममा शिक्षा मन्त्री पन्तले कृष्णपुर नगरपालिकाले सार्वजनिक विद्यालयहरूको पूर्वाधार, शैक्षिक गुणस्तर, र अभिभावकहरूको विश्वास जित्न सफल भएको उल्लेख गर्दै यो पहल सम्पूर्ण देशका लागि अनुकरणीय भएको बताए।

नगर प्रमुख ओझाले सम्मानप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा शिक्षा क्षेत्रको विकासमा लाग्ने प्रतिबद्धता व्यक्त गरे। सुदुर पश्चिममै कृष्णपुर सार्वजनिक शिक्षामा सम्मान पाउने एकमात्र नगरपालिका बनेको छ।

Facebook Comments Box