असहाय नागरिकलाई जय महाँकाल टिमको सहयोग

कञ्चनपु्र: नेपालगञ्ज प्रहरी कारागारमा रहस्यमय रूपमा निधन भएका शोभान खत्रीको घटनाले कञ्चनपुरको लालझाडी–०६ निवासी खत्री परिवारलाई गहिरो पीडा र अन्यायको सामना गराएको छ।

पारिवारिक स्रोतका अनुसार, शोभान खत्रीलाई न्यूनतम धरौटी रकम रु. २,२०० मा रिहा गर्न सकिने अवस्था हुँदाहुँदै पनि उचित कानुनी सहायता नपाउँदा उनी वर्षौं जेलमा थुनिन बाध्य भए। अन्ततः, जेलमै उनको मृत्यु भयो, जसको कारण अझै स्पष्ट छैन।

शव घर ल्याउन पनि परिवारले ठूलो संघर्ष गर्नुपर्‍यो। आर्थिक अभाव र सामाजिक सहयोगको अभावमा, मृत्यु भएको सातौं दिनमा मात्र शव घर आइपुग्यो। दाहसंस्कारमा मलामीको अभावले गर्दा चार जना महिला आफन्त र दुई जना पुरुष मात्र सहभागी हुन सके। क्रिया कर्मका लागि आवश्यक राशन र आर्थिक सहयोगसमेत नहुँदा परिवार थप समस्यामा पर्‍यो।

यस घटनापछि, बेलौरी नगरपालिका निवासी पार्वती भट्टले जय महांकाल युवा समूहका सदस्य योगेश धामी (योगेन्द्र) लाई जानकारी गराएपछि, समूहले एक बोरा चामल र रु. १०,००० आर्थिक सहयोग प्रदान गरेको छ।

जय महाकाल युवा समूह कञ्चनपुर कमिटी निरन्तर असहाय नागरिकहरुको सहयोग गर्दै आईरहेको छ। यदि तपाईं खत्री परिवारलाई सहयोग गर्न चाहनुहुन्छ वा थप जानकारी लिन चाहनुहुन्छ भने, निम्न सम्पर्क नम्बरहरूमा सम्पर्क गर्न सक्नुहुन्छ: ९८२८७६३९०६, ९८०६४९३७९५, ९८१२७२७६३८, ९८६६१००५२२, जय महाकाल युवा समुह कञ्चनपुरका महासचिव हिक्मत भण्डारीले भने” हामीले यो घटना थाहा पाएपछी हामीले असहाय नागरिकका परिवारलाई खाद्यान्न आर्थिक सहयोग गर्यो, हामीले सहयोग गर्न पाउँदा खुशी छौँ, थोरै भएपनी असहाय का लागि आधार बन्न पाएका छौ, निरन्तर पाईराखौ।”

Facebook Comments Box