अनेरास्ववियु २४औं महाधिवेशनमा सुदूरपश्चिमबाट नन्दराज जोशीको उम्मेदवारी

लाल बहादुर एस के/पुनर्वास: अनेरास्ववियुको २४औं महाधिवेशनको प्रतिनिधिहरू समक्ष सुदूरपश्चिम प्रदेशको भूगोलबाट केन्द्रीय सदस्य पदका उम्मेदवार नन्दराज जोशीलाई अमूल्य मत प्रदान गरी विजयी गराउन हार्दिक अनुरोध गरिएको छ।

विद्यार्थी राजनीतिदेखि सक्रिय रहँदै आएका जोशी चौतर्फी विकास र सामाजिक क्षेत्रमा विशेष भूमिका निर्वाह गर्दै आएका छन्। उनले जनताको सेवा गर्ने प्रतिबद्धतासहित अनेरास्ववियुमा आफ्नो सक्रियता देखाउँदै आएका छन्।

उनको उम्मेदवारीलाई समर्थन गर्दै प्रतिनिधिहरूले सोच-विचार गरी भविष्यमा संगठनलाई सशक्त बनाउने उद्देश्यले मत दिनु पर्ने आवश्यकता औंल्याइएको छ।

Facebook Comments Box