तनहुँ १ बाट १४ हजार मतान्तर सहित स्वर्णिम वाग्ले निर्वाचित

कञ्चनपुर: तनहुँ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा रास्वपा का उम्मेदवार डा. स्वर्णिम वाग्ले १४ हजार मतान्तर का साथ निर्वाचित भएका छन् ।

वाग्लेले ३४ हजार ९१८ प्राप्त गर्द भट्टराईले २० हजार १२२ मत प्राप्त गरेका छन् । वाग्लेले भट्टराईभन्दा १४ हजार ७९६ मत बढी ल्याएका छन् ।

नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ८ हजार ४८८ मत का साथ तेस्रो भएका छन् । वैशाख १० गते भएको उपनिर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा ६५ हजार ३१६ मत खसेकोमा ६४ हजार १३५ मत सदर भएको थियो । यहाँ मतदाताको संख्या १ लाख २३ हजार ३०५ थियो ।

Facebook Comments Box