देखतभुलीमा छाला, यौनरोग र बालरोग सम्बन्धी विशेषज्ञ सेवा सञ्चालन हुने

कञ्चनपुर: कञ्चनपुरको लालझाडी गाउँपालिका–५ स्थित देखतभुली स्वास्थ्य चौकीमा यही २०८२ साल असार १३ गतेदेखि विशेष स्वास्थ्य सेवा सञ्चालन हुने भएको छ। गेटा अस्पताल, कैलालीबाट खटिएका छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ र बालरोग विशेषज्ञ चिकित्सकको टोलीले सेवा प्रदान गर्नेछ।

स्वास्थ्य चौकीका अनुसार सो विशेष सेवा अन्तर्गत छालासम्बन्धी समस्या, यौन तथा कुष्ठरोगको परीक्षण, परामर्श तथा उपचार, साथै बालबालिकाका विभिन्न रोगहरूको परीक्षण, सल्लाह र उपचार गरिनेछ।

सेवा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुनेछ भने निःशुल्क रूपमा प्रदान गरिने बताइएको छ। सीमित अवधिको लागि सञ्चालन गरिने भएकाले इच्छुक सेवाग्राहीले समयमा सेवा लिन स्वास्थ्य चौकी प्रमुख लिलाकान्त झा ले जनाएको छ।

स्वास्थ्य चौकीका प्रमुखले झा भने, “विशेषज्ञ सेवा गाउँमै उपलब्ध गराउँदा सर्वसाधारणको स्वास्थ्य पहुँचमा ठूलो सहजता पुग्नेछ। सबैले यो अवसर नछुटाई सेवा लिन अनुरोध गर्दछौं।”

Facebook Comments Box