कृष्णपुर ०१ मा लागू पदार्थ विरुद्धको र्‍याली सम्पन्न..

कृष्णपुर : कञ्चनपुरको कृष्णपुर नगरपालिकामा बैजनाथ बाल क्लबले आयोजना गरेको दुई दिने लागू पदार्थविरुद्धको र्‍याली आज दोस्रो दिन सम्पन्न भएको छ। वडा नम्बर १ को आर्थिक सहयोगमा सञ्चालित यो र्‍याली आज बिहान कालिका मावि, बण्डबाट सुरु भई करिब १० किलोमिटरको दुरी तय गरेर सोही विद्यालयमा औपचारिक रूपमा समापन भएको हो।

आजको र्‍याली कालिका मावि बण्डबाट सुरु भई बङ्क, पल्लो मोतीपुर हुँदै पुनः कालिका माविमै पुगेर टुङ्गिएको थियो। र्‍यालीको औपचारिक समापन बैजनाथ बाल क्लबका अध्यक्ष मीना धामीले गर्नुभएको थियो। कार्यक्रमका प्रमुख अतिथि बालअधिकार संयोजक तथा वडा नम्बर १ का वडा सदस्य मदन थापा हुनुहुन्थ्यो भने विशिष्ट अतिथिमा इलाका प्रहरी पोस्ट पहरियाका इन्चार्ज मानसिंह धामीको उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन बैजनाथ बाल क्लबका कोषाध्यक्ष वासुदेव पाण्डेयले गरेका थिए। बैजनाथ बाल क्लबका कोषाध्यक्ष वासुदेव पाण्डेयले आगामी दिनमा पनि वडालाई बालमैत्री घोषणा गर्नका लागि क्लबले यस्तै जनचेतनामूलक कार्यक्रमहरू सञ्चालनमा ल्याउने जानकारी दिएका छन्। यस किसिमका कार्यक्रमले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्न मद्दत पुग्ने विश्वास गरिएको छ।

Facebook Comments Box