देखतभुली स्वास्थ्य चौकीमा आँखा चेकजाँच शिविर सम्पन्न, २६७ जनाको निशुल्क स्वास्थ्य परीक्षण

कञ्चनपुर : लालझाडी गाउँपालिका–५ स्थित देखतभुली स्वास्थ्य चौकीमा सञ्चालित एकदिने आँखा शिविर सफलतापूर्वक सम्पन्न भएको छ। आज असार १४ गते शनिबार स्वास्थ्य चौकी र नबिल बैंकको सहकार्यमा आँखा सम्बन्धी रोगहरूको विशेषज्ञ डाक्टरद्वारा निःशुल्क जाच तथा उपचार सेवा सम्पन्न गरिएको हो। शिविरमा कुल २६७ जना स्थानीयहरूको आँखा परीक्षण गरिएको थियो।

शिविरमा परीक्षण गरिएकामध्ये ३१ जनालाई शल्यक्रियाका लागि सिफारिस गरिएको छ। यस्तै, (मोतीबिन्दु) नजिक देखिने समस्याका ५३ जना, तथा टाढा दृष्टि (दुरदृष्टि) भएका ६३ जना सेवा प्राप्तकर्ताहरू पहिचान गरिएको स्वास्थ्य चौकी प्रमुख लिलाकान्त झा ले जानकारी दिए।

शिविरमा विशेषज्ञ चिकित्सकहरूको टोलीद्वारा परीक्षण, परामर्श तथा आवश्यक औषधि वितरण गरिएको थियो। स्थानीय बासिन्दाहरूले यस्ता शिविरले स्वास्थ्य सेवा पहुँच सहज बनाएको प्रतिक्रिया दिएका छन्।

Facebook Comments Box