कञ्चनपुर: कञ्चनपुरको कृष्णपुर नगरपालिका-२ वाणी स्थित सरस्वती स्कूलको मैदानमा टेनिस बल क्रिकेट प्रतियोगिता हुने भएको छ। ‘वाणी T-10 ओपन टेनिस बल लिग’ नाम दिइएको उक्त प्रतियोगिता Zeros United Club को आयोजनामा असार २१ गतेदेखि सुरु हुनेछ।

प्रतियोगितामा सहभागी हुनको लागि असार १९ गतेसम्म दर्ता गर्न सकिने आयोजकले जानकारी दिएको छ। प्रत्येक टिमका लागि प्रवेश शुल्क रु ७,५०० तोकिएको छ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टिम तथा खेलाडीहरूलाई विभिन्न पुरस्कारको व्यवस्था गरिएको छ। विजेता टिमले रु ५० हजार र ट्रफी प्राप्त गर्नेछ भने उपविजेता टिमलाई रु २५ हजार र ट्रफी प्रदान गरिनेछ।

विशेष पुरस्कारहरू:
म्यान अफ द सिरिज – रु ३,०००
उत्कृष्ट ब्याट्सम्यान – रु १,५००
उत्कृष्ट बलर – रु १,५००
म्यान अफ द म्याच – ट्रफी वा प्रमाणपत्र
नियम तथा शर्तहरू:
प्रत्येक टिममा अधिकतम ११ खेलाडी सहभागी हुन पाउनेछन्। खेलको प्रत्यक्ष जानकारी मिडिया सिस्टममार्फत उपलब्ध गराइनेछ। अम्पायरको निर्णय अन्तिम हुनेछ।
खेल मैदानमा शिष्टाचार तथा अनुशासन अनिवार्य हुनेछ।
खेल T10 लिगको फारम्याटमा सञ्चालन गरिनेछ। विस्तृत जानकारीका लागि सम्पर्क नम्बर ९७४-९३१५८७२ मा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ।