कृष्णपुरको बैजनाथ बाल क्लबद्वारा अञ्चल बाल अनाथालयमा सहयोग

कृष्णपुर — कृष्णपुर नगरपालिका वार्ड नं. १ मा अवस्थित श्री बैजनाथ बाल क्लबले महेन्द्रनगरको समाज कल्याण अञ्चल बाल अनाथालयमा खाद्य सामग्री र स्टेशनरीका सामानहरू वितरण गरेको छ। वडा नम्बर १ को आर्थिक सहयोग र बैजनाथ बाल क्लबको आयोजनामा आज उक्त सामग्री वितरण गरिएको हो। समाज कल्याण अञ्चल बाल अनाथालयमा रहेका २१ जना बालकहरूका लागि यो सहयोग प्रदान गरिएको हो।

बैजनाथ बाल क्लबका कोषाध्यक्ष वासुदेव पाण्डेयले दिएको जानकारी अनुसार, यस कार्यक्रममा बैजनाथ बाल क्लबका चार जना बालबालिका,कृष्णपुर वडा नम्बर १ का एक जना वडा सदस्य, र NNSWA (नेपाल नेसनल सोशल वेलफेयर एसोसिएसन) का एक जना कर्मचारीको उपस्थिति थियो।

वडा नम्बर १ ले बालबालिकाको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ र बालबालिकासँग र्सचेतना सम्बन्धित विभिन्न कार्यक्रमहरूमा सक्रिय रूपमा लागिरहेको छ। यो सहयोग पनि बालबालिकाको हितका लागि गरिने निरन्तर प्रयासकै एक हिस्सा हो।

Facebook Comments Box