कृष्णपुरमा जग्गा कित्ताकाट हुदै; पालिका उप-मेयरले बुझाए भु-उपयोग क्षेत्र वर्गीकरण प्रतिवेदन

कञ्चनपुर: कृष्णपुर नगरपालिका मा कित्ताकाटको काम अब सुरु हुने भएको छ। आज कृष्णपुर नगरपालिका का उप प्रमुख द्रोपती राना ले कञ्चनपुर जिल्ला मालपोत कार्यलय र नापी कार्यालय महेन्द्रनगर मा पुगेर मालपोत प्रमुख तेज बहादुर चन्द र नापी अधिकृत दिपक गर्धामी लाई भु-उपयोग क्षेत्र वर्गिकरण प्रतिवेदन बुझाएका छन् ।विभिन्न गाउँपालिका, नगरपालिका मा भु-उपयोग क्षेत्र वर्गिकरण प्रतिवेदन पास नहुदा विगत देखि नै स्थानीय बासिन्दाहरु अप्ठ्यारोमा परेका छन् तर कृष्णपुर पालिकाले जमिन कित्ताकाटको काम शुभारम्भ थालेको; उप-मेयर द्रोपती रानाले बताएका छन् ।

कृष्णपुरका उप-मेयर रानाले राष्ट्रिय भुमी आयोग कञ्चनपुर का अध्यक्ष देवेन्द्र राज ढुंगाना संग भेटघाट गरेका छन् । भेटघाटमा कृष्णपुर वडा नं. ७ र ९ को सेतो पुर्जा तयार हुँदै गरेको जानकारी अध्यक्ष ढुंगानाले दिएका छन् ।कृष्णपुरमा जग्गा कित्ताकाटको काम शुभारम्भ हुदा आफू निकै खुशी भएको र कृष्णपुर नगरपालिकाको कार्य स्वागतयोग्य रहेको कञ्चनपुर जिल्लाका राष्ट्रिय भुमि आयोग सदस्य दिल बहादुर देउवाले बताएका छन् । देउवा कृष्णपुर नगरपालिका बासी हुन् ।

पालिकामा अब जग्गा कित्ताकाट हुने भएपछि कृष्णपुर नगरबासीले थप सहज महसुस गर्नेमा नगर उप-प्रमुख द्रोपती राना आफू विश्वास्त रहेको बताएका छन् ।

Facebook Comments Box