लालझाडीमा आपतकालीन साईरन जडान हुँदै

कञ्चनपुर: लालझाडी गाउँपालिकामा बर्षायाममा दोदा नदिले लालझाडीका जनता डुबानमा पर्ने,पशुचाैपाया बगेर जाने र हात्ती बाट हुने मानबिय क्षती कम गर्न आपतकालीन साईरन जडान गरिने भएको छ।

लालझाडी बासीको सुरक्षा पालिकाको पहिलो प्राथमिकता रहेको अध्यक्ष निर्मल रानाले बताएका छन् । पालिका अध्यक्ष रानाले साईरन राख्ने पोईन्ट को स्थलगत अध्यन गरेका छन् ।

 

लालझाडी गाउँपालिका वडा नं १, २, ३ र ४ मा अति आवश्यक परेका स्थानमा आपतकालीन साइरन राख्न तयारी भएको पालिका अध्यक्षको सचिवालयले जनाएको छ। आपतकालीन साइरन जडान गरि जनतालाइ राहात पुर्याउने महत्त्वपूर्ण निर्णय भएको र अब छिट्टै आपतकालीन साईरन जडान गरिने लालझाडी गाउँपालिकाले जनाएको छ।

Facebook Comments Box