लालझाडी-५ मा तरकारी खेती तालिम सम्पन्न, अध्यक्ष थापाले वितरण गरे कृषि सामाग्री

कञ्चनपुर: लालझाडी गाउँपालिका गाउँ कार्यपालिका शंकरपुर कञ्चनपुर को आयोजनामा आयोजित गरीव निवारण का लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत सञ्चालित तरकारी खेती तालिम सम्पन्न भएको छ।

लालझाडी वडा नं. ५ मा भएको उक्त कार्यक्रम आज सम्पन्न भएको छ। लालझाडी ५ का वडा अध्यक्ष पहल थापा ले १ हप्ते तालीमको समापन गरेका छ्न् । वडा अध्यक्ष थापाले तालिम लिएका किसानहरुलाई १६ लीटर को स्प्रे, ५ लीटर को पानी छर्किने हजारी र झाडी छान्ने किलवाइ बितरण गरेका छन् ।

तालिम पश्चात् अब लालझाडी ५ का किसानहरुले सीप सिक्ने र आत्मनिर्भर बन्ने अध्यक्ष थापाले बताएका छन् ।

Facebook Comments Box