कृष्णपुर । १७ बैशाख २०८० । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ५ स्थित बनदेवी मन्दिर नजिकैको जंगलमा आज साझ करिब ५ बजेर ५० मिनेट मा रोकिराखेको ट्याक्टरलाई पछाडिबाट बाइक ले ठक्कर दिँदा दुर्घटना भएको छ। इलाका प्रहरी कार्यालय गुलरिया बाट अन्दाजी २ कि मी पश्चिममा उक्त दुर्घटना भएको हो ।
डिजेल सकिएर डिजेलको पर्खाइमा रोकिराखेको से १ त २८२९ नम्बरको ट्याक्टरलाई पश्चिमबाट पूर्व सोही दिशातर्फ जाँदै गरेको सु प प्र ०२००४ प १८४६ नम्बरको मोटरसाईकल ले पछाडिबाट ट्राली मा ठक्कर दिँदा बेदकोट नगरपालिका-१० नयाँगाउँ घर भएका २८ वर्षीय मोटरसाईकल चालक तपेन्द्र बडुवाल र मोटरसाइकलमा सवार कृष्णपुर ५ की बर्स २० कि गरिमा महता घाइते भएका थिए ।
गम्भी”र घाइते बनेका मोटरसाइकल चालक तपेन्द्र बडुवालको सेती प्रादेशिक अस्पतालमा मृ”त्यु भइसकेको छ भने मोटरसाईकलमा पछाडि सवार गरिमा महताको बायाँ घुडामा चोट लागेको र गुलरियामा उपचार भइरहेको तथा अवस्था सामान्य रहेको ईलाका प्रहरी कार्यालय गुलरियाले जनाएको छ। मृतक बडुवाल भर्खरैमात्र अष्ट्रेलियाबाट फर्कीएका थिए ।

ट्याक्टर चालक कृष्णपुर नगरपालिका ८ बस्ने वर्ष ४२ का वीर सिंह महरा, ट्याक्टर र मोटरसाइकल लाई ईलाका प्रहरी कार्यालय गुलरियाले नियन्त्रणमा लिएको जनाएको छ ।