कञ्चनपुर: लालझाडी गाउँपालिका वडा नं. ५ मा विभिन्न बाटाहरुको सर्भे को शुभारम्भ भएको छ। शुभारम्भ कार्यक्रममा वडा अध्यक्ष पहल थापा, ईन्जिनियर तथा प्राविधिकहरु लगायत स्थानीय बासिन्दाहरुको उपस्थिति रहेको थियो।
आफ्नो कार्यकाल भित्रै वडा भित्रका सबै बाटाहरु कालोपत्रे गर्ने योजना रहेको लालझाडी-५ का वडा अध्यक्ष पहल थापाले बताएका छन् ।
सडक सर्भे भएसंगै स्थानीयहरु निक्कै खुशी देखिएका छन्। करिव ७-८ कि.मि बाटो निर्माण हुन बाकी रहेको र कालोपत्रेको काम सुरु गरिने वडा अध्यक्ष थापाले जनाएका छन् ।