कृष्णपुर: आज दिउसो १:३० बजे कृष्णपुर नगरपालिका वडा नं. २ मछेली पुल नजिक अतरियाबाट महेन्द्रनगर जाँदै गरेको से१ज ९५४ नम्बर विङ्गरको ब्रेक फेल हुदा विङ्गरमा सवार १३ जना घाइते भएका छन्। पुर्णागिरी जादै गरेका यात्रु बोकेको से१ख११९४ को बिग्रेर मर्मतका लागि रोकिरहेको बस लाई पछाडीबाट विङ्गरले ठक्कर दिदा दुर्घटना भएको अस्थायी प्रहरी पोस्ट वाणी ले बताएको छ।
घाईते हुनेहरुमा क्रमश; कृष्णपुर-५ का लाल बहादुर वि.क, सोही ठाउँ का पार्वती वि.क, शुक्लाफाटा-११ का टेक बहादुर ऐर, सोही ठाँउका सावित्री राना, भिनपा-७ का कविता भट्ट, सोही ठाउमा जिविका भट्टराई, कृष्णपुर-१ का माया चन्द, कृष्णपुर-२ का निर्मला कलौनी, भारत चन्दन चोकका सन्जु राना र लालझाडी-६ बस्ने सावित्री खड्का रहेको अस्थायी प्रहरी पोस्ट वाणीले जनाएको छ।

घाईतेहरुको अवस्था सामान्य रहेको र वाणी हस्पिटल प्रा.लि वाणीमा उपचार भईरहेको छ। सम्पुर्ण घाइतेहरुको स्वास्थ्य लाभको कामना गर्दै स्वास्थ्य स्थितबारेमा आफुले जानकारी लिएको कृष्णपुर-२ का वडा अध्यक्ष अर्जुन सिह साउदले बताएका छन् ।