कृष्णपुर: नेपाल विद्यार्थी संघ कृष्णपुर नगरपालिकाको संयोजकमा राज वि.क मनोनीत भएका छन् । ने.वि संघ कञ्चनपुर जिल्ला संयोजक रमेश चटौत ले कृष्णपुर संयोजक राज वि.क लाई मनोनीत पत्र हस्तान्तरण गरेका छन् ।

राज वि.क लाई ने.वि संघ को विधान २०२७ को छैटौं संशोधन २०७५ बमोजिम कृष्णपुर नगरपालिकाको ने.वि संघको संयोजकमा मनोनयन गरिएको मनोनयन पत्रमा उल्लेख छ। समाजिक संजाल फेसबुकमा उनलाई मनोनीत भएकोमा शुभचिन्तकहरुले शुभकामना र बधाई दिदै पोस्ट गरिरहेका छन्।
