कञ्चनपुर: आज लालझाडी गाउँपालिका वडा नं. ५ देखतभुलीमा रहेको देखतभुली स्वास्थ्य चौकीको ३ तले अत्याधुनिक भवनको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ।
शिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष निर्मल राना, उपाध्यक्ष सपना चौधरी राना, लालझाडी-५ का वडा अध्यक्ष पहल बहादुर थापा, देखतभुली स्वास्थ्य चौकी ईन्चार्ज उमाकान्त झा लगायत स्थानिय सरोकारवालाहरुको उपस्थिति देखिएको थियो।
अब लालझाडी-५ का जनताको स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेर देखतभुली स्वास्थ्य चौकीलाई थप सुविधा सम्पन्न बनाउने र छिट्टै एम्बुलेन्सको सेवा सञ्चालन मा ल्याउने लालझाडी वडा नं. ५ का वडा अध्यक्ष पहल बहादुर थापाले बताएका छ्न् ।