लालझाडी-६ मा सिकलसेल एनिमिया तथा थालासेमिया सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

कञ्चनपुर: लालझाडी गाउँपालिका वडा नं. ६ चान्देवमा आज सिकलसेल एनिमिया तथा थालासेमिया सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।

लालझाडी-६ का वडा अध्यक्ष हर्क नारायण जोशीको सभाध्यक्षमा सुरु भएको कार्यक्रममा पालिका प्रमुख निर्मल राना प्रमुख अतिथी रहेका थिए। समय मै स्वास्थ्य परिक्षण गर्नसके यी यस्ता रोगहरुबाट जोगिन सकिने पालिका प्रमुख रानाले बताएका छन् ।

लालझाडी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यलय स्वास्थ्य शाखा शंकरपुर कञ्चनपुरको आयोजनामा भएको अभिमुखिकरण कार्यक्रम मा लालझाडी गाउँपालिका का स्वास्थ्य शाखा प्रमुख खगेन्द्र चौधरी अभिमुखिकरण कार्यक्रमका प्रस्तुतकर्ता रहेका थिए।

Facebook Comments Box