कञ्चनपुर: कृष्णपुर नगरपालिका वडा नं. २ निवासी मृगौला पीडित सुशील प्रसाद कलौनीको उपचारका लागि केही दिन अघि देखि जय महांकाल युवा समुहले आर्थिक सहयोग संकलन अभियान थालेको थियो।
निरन्तर समाजिक कार्य गर्दै आईरहेको जय महांकाल युवा समुहले कृष्णपुर-२ को वाणी र बंक बजार स्थानिय स्कुलहरु बाट आर्थिक सहयोग संकलन गरी आज पीडित सुशील कलौनीको घरमै पुगेर कलौनी कि आमा लाई आर्थिक सहयोग संकलन बाट जम्मा भएको रकम रु ५८ हजार ५ सय ५५ नगद हस्तान्तरण गरेको छ।

स्थानिय समाजसेवी एवं पीडित कलौनीका दाई(फुपुका) छोरा लोक राज पन्तको विशेष अनुरोधमा जय मंहाकाल युवा समुहले अभियान थालनी गरेको थियो। समाजसेवी पन्त सहित जय महाकाल टिम घरमै पुगेर रकम हस्तान्तरण गरेको छ।
जय महांकाल टिम कलौनीको घरमा जादा आमा निकै भावुक देखिएका थिए; महासचिव भण्डारीले हामी छौं ; दाईलाई छिट्टै सन्चो हुन्छ केही परे हामी छौ भनेर सम्झाई बुझाई गरेपछि आमाको अनुहारमा उज्यालो आएको थियो।
मिर्गौला पिडिती कलौनीको काठमाडौ स्थिति शिक्षण अस्पताल महाराजगन्जमा मृगौला शल्यक्रियाको उपचार हुदैछ। “अभियानको क्रममा सहयोग गर्नुहुने सम्पुर्ण स्थानीय व्यवसायीहरु, विद्यालयहरुलाई र व्यक्तित्वहरुमा” जय महांकाल युवा समूह कञ्चनपुर जिल्ला कमिटी महासचिव हिक्मत भण्डारी “हाक्कु”ले विशेष धन्यवाद दिएका छन् ।
जय महांकाल जिल्ला कमिटी का कोषाध्यक्ष रोशन बोहरा ले भने; “कलौनीको उपचारका लागि हामीले सहयोग गर्न पाउँदा निकै खुशी भएको र कलौनीको शिघ्र स्वास्थ्य लाभको कामना छ; हामी निरन्तर सहयोग गर्न तयार छौ”।
त्यस्तै कृष्णपुर नगरपालिकाले पनि कलौनीको स्वास्थ्य उपचार का लागि १ लाख रकम उपलब्ध गराएको नगर प्रमुख हेम राज ओझाले बताएका छन् ।