जन्मदिनमा एमाले नेता बचन बहादुर सिंहद्वारा अनाथ बालबालिकाहरुलाई खाद्यान्न सामाग्री हस्तान्तरण

कञ्चनपुर: नेकपा एमाले पार्टीका निर्वतमान राष्ट्रिय युवा संघका अध्यक्ष बचन बहादुर सिहले आफ्नो ४३ औं जन्मदिनको अवसरमा आज कृष्णपुर नगरपालिका वडा नं. ५ मंगलनगर, मोहनाचोकमा रहेको श्रीकृष्ण प्रणामी सेवाधाम अनाथ आश्रम मा अनाथ बालबालिकाहरुलाई शैक्षिक, खाद्यान्न सामाग्री र आर्थिक सहयोग हस्तान्तरण गरेका छन्।

अनाथ बालबालिकाहरु जस्तो कोहि छैन तिनिहरुको हामी छौं; जन्मदिनमा धुमधामका साथ रेष्टुरेन्टमा केक काटेर पार्टी गर्नुको साटो आफुले अनाथआश्रममा रहेका बालबालिकाहरुलाई सहयोग गरेको बताएका छन्।

खाद्यान्न, शैक्षिक सामाग्री सहयोग हस्तान्तरण कार्यक्रममा एमाले नेता बचन बहादुर सिंह, उनकी श्रीमती जयन्ती पाल सिह, कृष्णपुर नगर कमिटी अध्यक्ष गणेश ऐर, लगायतका व्यक्तित्वहरुको उपस्तिथि रहेको थियो।

Facebook Comments Box