कञ्चनपुर: कृष्णपुर नगरपालिका वडा नं. २ नयाँबस्तीको बन्द नदी, खल्लागोठ र अठन्नीफाटा विपत व्यवस्थापन समिती, निड्स नेपाल र कृष्णपुर-२ वडा कार्यलयको समन्वयमा बन्द, मछेली र बनहरा नदीहरुमा ६ लाख बजेटमा जैविक तटबन्ध निर्माण हुँदै छ।
आजदेखी जैविक तटबन्ध निर्माण हुन लागेको बन्द नदी विपत व्यवस्थापन समितिका अध्यक्ष शिव नेपाली ले बताएका छन् । सामुदायका लागि बाढी परियोजना अन्तर्गत प्रत्येक विपत व्यवस्थापन समितिलाई निड्स नेपालले जैविक तटबन्धका लागि २ लाख बजेट विनियोजित गरेको छ।
त्यस्तै खल्लागोठ र अठन्नीफाटा विपत व्यवस्थापन समितीले पनि जैविक तटबन्ध निर्माण गर्दैछ। मर्सी कोर संस्थाले आर्थिक व्यवस्थापन गरेको छ।