कृष्णपुरमा बालबालिकाहरुको रणनैतिक कार्ययोजना सम्बन्धि १ दिने कार्यशाला गोष्ठी सम्पन्न

कृष्णपुर: कञ्चनपुरको कृष्णपुर नगरपालिकाको आयोजनामा आयोजित बालबालिकाहरुको रणनैतिक कार्ययोजनालाई अन्तिम रुप दिई कार्यान्वयनमा लैजाने सम्बन्धमा १ दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ।

“कृष्णपुरका बालबालिकाहरुको चौतर्फी बिकास, बालबालिकाहरुले स्वस्फूर्त निर्णय लिनसक्ने सबैले निकालौ निकास” भन्ने मुल नारा सहित सञ्चालन भएको गोष्ठी कार्यक्रममा कृष्णपुर नगरपालिका का नगर उप-प्रमुख द्रोपती रानाको अध्यक्षता रहेको थियो।

कार्यक्रमा कृष्णपुर नगरपालिका वडा नं. ३,५,७ का वडा अध्यक्ष क्रमश खेम राज चौधरी, टेक पाण्डेय, घुम्मन राना; नगरपालिका का सुचना अधिकृत प्रेम बोगटी, महिला तथा बालबालिका निरीक्षक माला गौतम, बिना तिमिल्सिना; एन.एन.एस. ड्ब्लु.ए का संयोजक रामेश्वर जैरु, बाल संरक्षण अधिकृत गणेश भुल, सुरज शर्मा(वल्ड भिजन), ईलाका प्रहरी कार्यलय गुलरिया का प्रमुख जीवन गुरुङ, कृष्णपुर बाल सञ्जाल का अध्यक्ष भागेश्वरी कार्की, कृष्णपुर नगर बाल सञ्जाल का कोषाध्यक्ष शेखर नाथ योग, नेविसंघका युवा नेता दिनेश भट्ट लगायतका व्यक्तित्वहरुको सहभागीता रहेको थियो।

कृष्णपुर स्वास्थ्य केन्द्रको सभाहलमा सञ्चालन भएको यो कार्यक्रममा रामहरी ओझाले प्रस्तुतीकरण गरेका थिए। कार्यक्रम एन.एन.एस.ड्ब्लु,ए र वल्ड भिजनको सहयोग र सहकार्यमा सम्पन्न भएको छ। बाल संरक्षण अधिकृत गणेश भुलले बालबालिकाहरुको रणनैतिक कार्ययोजनाका उदेश्य बारे बताएका थिए।

बालबालिकाहरुको शिक्षा, स्वास्थ्य संगै समाजमा देखिएका बाल बिबाह, दुर्व्यसनी, बाल श्रम जस्ता समस्यालाई कसरी न्यूनीकरण गर्ने भन्ने विषयमा रणनैतिक कार्ययोजना तयार भएको बताएको छ। यस अघि नगर स्तरीय बाल भेला आयोजना गरि बालबालिकाहरुको मनोभावना अनुसार कृष्णपुर नगरपालिकामा बालबालिकाहरुको रणनैतिक कार्ययोजनालाई अन्तिम रुप दिई कार्यान्वयनमा लैजाने योजना सहित सम्बन्धि कार्यशाला गोष्ठी सम्पन्न भएको छ।

 

Facebook Comments Box