कृष्णपुरमा गुडिया र लेहङा/चोली बनाउने तालिमको सुरुवात

कञ्चनपुर: कृष्णपुर नगरपालिका वडा नं. २ मा “समृद्ध नेपाल सुखी नेपाली एक घर एक उद्यमी” भने नारा सहित गरिबी निवारण का लागि लघु उद्यम विकास कार्यक्रम चौधरी थारु का लागि लेहङा तथा चोली बनाउने सिप बिकास तालिम र डल बनाउने सीप बिकास तालिमको सुरु भएको छ । तालिममा वडा नं. १,२,३ का ३५ जना स्थानियहरु सहभागी रहेका छन्। तालिम १५ दिन सम्म सञ्चालन हुनेछ।

कृष्णपुर नगरपालिका उद्यम तथा सहकारी विकास शाखा को आयोजनामा आयोजित कार्यक्रममा कृष्णपुर वडा नं. २ का वडा अध्यक्ष अर्जुन सिह साउदको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथिमा कृष्णपुर नगर उप-प्रमुख द्रोपती राना, अतिथिमा वडा सदस्य सावित्रा भारती, डिग्रा वाढी, समाजसेवी एवं कानुन व्यवसायी राम नाथ योगि लगायतको उपस्तिथि रहेको थियो।

कृष्णपुर नगरपालिका का स्थानीय महिला दिदीबहिनीहरुलाई आत्मनिर्भर बनाउन र सीप सिकाईमा कुनै समस्या नहुने नगर उप-प्रमुख रानाले बताएकी छन्। टिकटक, फेसबुकमा विना काम लाईभ बस्नुभन्दा सिप सिकेर लाईभ मार्फत अरुलाई पनि गुडिया बनाउने सीप सिकाउन सकिने वडा अध्यक्ष साउदले बताएका छ्न्।

उद्यमी बाट आर्थिक उन्नती गर्न सकिन्छ कि भनेर कृष्णपुर नगरपालिका मा हिजो ४,५,६ लाई लक्षित गरि चुरापोते तालिम र नगपालिका स्तरिय जिप तथा कार ड्राइभिङ तालिम पनि सुरु गरिएको छ ।

सीप सिकेर आत्मनिर्भर भई समाजमा उदाहरणिय बन्ने ढंगले तालिम सिकाईने उद्यम तथा सहकारी विकास शाखा प्रमुख हेमन्त रानाले बताएका छन् । कार्यक्रम सञ्चालक उद्यम विकास सहजकर्ता श्याम बिक रहेका थिए भने तालिम प्रशिक्षणका रुपमा द्रोपती चौधरी र प्रतिभा खत्री रहने छन्।

Facebook Comments Box