मुम्बई: रोजगारीको सिलसिलामा भारतमा रहेका कृस्नपुर -१ कञ्चनपुरका प्रवासी नेपालीहरुबिच पारस्पारिक सहयोग सम्बन्ध र सद्भाव कायम राख्न प्रवासी एकता समाजको गठन गरिएको छ । “प्रवासी मित्रहरू बीच को लामो घनिभुत छलफल पछि सहकार्य , सहमति , आपसी सहयोग, मित्रवत सम्बन्ध ,सामर्थ्य , पहिचान तथा आफ्नो स्थानीय पीडित गाउवासि को सहयोग ,उद्दार को लागि – कृस्नपुर-१ प्रवासी एकता समाज भारत– नामक सस्था आज बाट बिधिवत गठन भएको” भन्दै समितिका सचिव विक्रम थापाले जानकारी दिनुभएको छ ।
संस्थाको आज भएको बैठकमा ७ सदस्यीय कार्य समिति गठन भएको छ । जस अनुसार- अध्यक्ष – श्री डि यम बुढा, उपाध्यक्ष – श्री नैन सिंह ठकुल्ला , सचीव – श्री – बिक्रम थापा , कोसाअध्यक्ष- श्री – करन आउजी, सह सचीव – श्री राम थापा , सदस्य श्री मदन बुढा र नैन सिंह आउजी चयन हुनु भएको छ। सस्थाको गठन संगै, उद्देश्य मुखीरुपमा सन्चालन भइ कृष्णपुर-१ का प्रवासी नेपालीहरूको भैपरी आउने समस्या समाधानमा उल्लेखनीय भूमिका खेल्ने अपेक्षा गरिएको छ।