कृष्णपुर : आज कृष्णपुर नगरपालिका वडा न.७ मा स्वास्थ्य चौकी भवन निर्माणकार्यको नगर प्रमुख हेम राज ओझाले शिलान्यास गरेका छन् । ९ कोठाको पक्की भवन र २ कोठे शौचालय सहितको निर्माण कार्य उपभोक्ता समिति मार्फत गरिनेछ। करिब २२ लाखको लागतमा उक्त स्वास्थ्य चौकी भवनको निर्माण गर्न लागीएको वडा अध्यक्ष घुम्मन रानाले बताएका छन् ।
कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझाको प्रमुख आतिथ्यमा भएको उक्त शिलान्यास कार्यक्रममा वडाध्यक्ष घुम्मन राना, वडा सदस्यहरु, स्थानीय बुद्धिजिवी, सामाजसेवी लगाएत वडा बासीहरुको उपस्थिति रहेको थियो । स्वास्थ्य चौकी भवनको स्थापना भएसँगै स्वास्थ्य सेवामा कृष्णपुर-७ का नागरिकहरुले वडामै विशेष स्वास्थ सुविधाहरु पाउने कुरा मेयर ओझाले बताएका छन्।