कृष्णपुरको खाना खर्च मा निवर्तमान मेयर हमालको कमाल

कृष्णपुर: कञ्चनपुरका पालिकाहरुले खाना तथा विविध खर्चका नाममा लाखौं खर्च गरेका देखिएको छ। आर्थिक वर्ष २०७८/०७९ मा कञ्चनपुरका स्थानीय तहले विविध तथा खानामा लाखौं मनपरी खर्च गरेका छन्।

महालेखा परीक्षकको कार्यालयले भर्खरै सार्वजनिक गरेको प्रतिवेदन अनुसार खाना तथा विविध भनेर बढी खर्च गर्नेमा बेलौरी नगरपालिका जिल्लामै पहिलो रहेको छ भने कृष्णपुर नगरपालिका दोस्रो स्थानमा आएको छ।

खाना खर्चको विषयमा समाजिक सञ्जालमा व्यापक आलोचना आएपछी; कृष्णपुरका नगरप्रमुख हेम राज ओझाले त्यो खर्च आफुले नगरेको वताएका छन्। आफू २०७९ मा निर्वाचित भएको हुनाले अन्तिम १ महिना बाहेक पुरै पुरानै जनप्रतिनिधिहरुको खर्च रहेको र महालेखा प्रतिबेदन २०७८/७९ को रहेकाले निवर्तमान जनप्रतिनिधि हरुका पालामा यत्रो खर्च भएको वताएका छन्। आफू मेयरमा निर्वाचित भैसकेपछी, यसरी मनपरी कुनै पनि शिर्षकमा खर्च नगरेको नगर्ने मेयर ओझाले बताएका छन् । विगतमा कृष्णपुर नगरपालिका लथालिङ्ग रहेको र काण्डै काण्डमा समय सकिएको र आफू नागरिकको सेवाका लागि नगर प्रमुखको जिम्मेवारी लिएको साथै हामीले गरेको खर्च अब आर्थिक वर्ष २०७९/२०८० मा आउने मेयर ओझाले बताएका छन्।

२०७९ साल आ.व २०७८/२०७९) महालेखाको वार्षिक प्रतिबेदन अनुसार बेलौरी नगरपालिकाले खाना तथा विविध मा ४७ लाख ७६ हजार ८ सय १० रुपैयाँ खर्च गरेको छ भने कृष्णपुर नगरपालिकाले ४७ लाख ५६ हजार ३ सय २४ रुपैयाँ, वेदकोट नगरपालिकाले ३१ लख ४६ हजार २ सय ८५ रुपैयाँ, भीमदत्त नगरपालिकाले २६ लाख २१ हजार ६५ रुपैयाँ,शुक्लाफाँटा नगरपालिकाले ३२ लाख ३० हजार ९ सय ६४ रुपैयाँ, पुनर्वास नगरपालिकाले १७ लाख ८४ हजार रुपैयाँ, दोधाराचाँदनी नगरपालिकाले १६ लाख ७६ हजार ८ सय १८ रुपैयाँ र लालझाडी गाउँपालिकाले १६ लाख ३४ हजार रुपैयाँ र बेलडाँडीले १० लाख ३४ हजार रुपैयाँ खर्च गरेको छ।

Facebook Comments Box