कञ्चनपुर: कृष्णपुर नगरपालिका वडा नं. ९ को मोहना नदीमा झुलुङ्गे पुल नहुँदा राजपुर र बोराडाँडी क्षेत्रमा आवतजावत गर्न स्थानीय राजघाटबासीलाई अत्यन्तै सास्ती भैरहेका बेला गत वर्ष श्रावण २० गते नगरप्रमुख हेम राज ओझाले शिलान्यास गरेका थिए।
उक्त झुलुङ्गे पुलको आज नगर प्रमुख ओझाले नै उद्घाटन गरेका छन्। अत्यन्तै प्रतिकुल समयका बाबजुद पनि आफुहरुले कडा मिहिनेत गरि समय सिमा अगावै काम सम्पन्न गरेको उपभोक्ता समितिका अध्यक्ष तिलक महरा बताएका छन्।
पुलको उद्घाटन कार्यक्रम पश्चात् मेयर ओझाले भने” हिजोका दिनमा वडा न.९ विकट रहेपनी अहिले आफुले साबिकको रैकवारलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको भन्दै अब तिब्र गतिका साथ विकास हुने र समृद्ध वडा बन्ने बताएका छन् । आफ्नो कार्यकाल भित्रै समृद्ध कृष्णपुर बनाउने योजनाका साथका कृष्णपुर नगरपालिका टिम अघि बढी रहेको छ”।
पुल उद्घाटन समारोहमा मेयर हेम राज ओझा,वडा नं. ९ का अध्यक्ष कैलाश बलायर, धनगढी उपमहानगरपालिका वडा नं. ३ का अध्यक्ष राज बहादुर ऐर,कार्यपालिका सदस्य एंव वडा सदस्यहरु, स्थानीय बुद्धिजीवी,शिक्षक, समाजिक अगुवा लगायत राजघाटबासीको बाक्लो सहभागिता रहेको थियो। पुल निर्माण हुदा वडा न.९ बासीका लागि उत्साहित देखिएका छन्। कुल लागत ८४ लाख ४० हजार ८ सय १ रुपैया मा निर्माण भएको यो झोलुङ्गे पुलको लम्बाई ६९.४० मिटर रहेको छ।