November 18, 2026

Kanchan Media

"कञ्चनपुरको सञ्चार"

बझाङ अटो दुर्घटना : एकै परिवारका चार जनाको शव परीक्षणपछि घर पुर्‍याइयो

बझाङ। बझाङमा अटो दुर्घटनामा परी ज्यान गुमाएका एकै परिवारका चार जनाको शव परीक्षणपछि अन्त्येष्टिअघि घर पुर्‍याइएको छ।

सोमबार बिहान बझाङको बुङ्गल नगरपालिका–१०, टुमेडामा टुमेडाबाट बित्थडचिर गाउँपालिकाको बित्थड बजारतर्फ जाँदै गरेको सुपप्र ०१–००१ ह ७९९८ नम्बरको अटोरिक्सा दुर्घटना हुँदा शिक्षक दीपक महराकी श्रीमती राजमति महरा, सात वर्षीय छोरा रियास, दुई वर्षीया छोरी रियासा र १६ वर्षीया भतिजी तारा महराको घटनास्थलमै मृत्यु भएको थियो।

शव परीक्षणपछि आज अन्त्येष्टिअघि चारै जनाको शव घर पुर्‍याइएको हो।

यस घटनाले स्थानीय क्षेत्रमा शोक छाएको छ।

कञ्चन मिडिया | समाचार अपडेट

समाचार दाता: गगन सिंह धामी (दार्चुला)

The post बझाङ अटो दुर्घटना : एकै परिवारका चार जनाको शव परीक्षणपछि घर पुर्‍याइयो appeared first on ✍️कञ्चन मिडिया📸.

More Stories

महाकाली कोरिडोरको ४५.५ किलोमिटर सडकको ट्र्याक खोल्न बाँकी, १४ अर्ब बजेट अभाव खबर प्रकाशितः २०८३ मंसिर ३, बुधबार दार्चुला । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको महाकाली कोरिडोरको ४५.५ किलोमिटर सडकको ट्र्याक खोल्न अझै बाँकी रहेको छ। कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको चीनसँग जोडिएको तिङ्कर भञ्ज्याङसम्म निर्माण भइरहेको ४१३ किलोमिटर लामो कोरिडोरको हालसम्म २८८.५ किलोमिटर सडकको ट्र्याक खोलिएको छ। ब्रह्मदेव–झुलाघाट–दार्चुला–तिङ्कर सडक योजना कार्यालयका प्रमुख ईश्वर कार्कीका अनुसार कोरिडोर निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) ले १८ अर्ब रुपैयाँ लागत अनुमान गरेको छ। तर, हालसम्म चार अर्ब रुपैयाँ मात्रै खर्च भएको छ। आयोजना सम्पन्न गर्न अझै १४ अर्ब रुपैयाँ आवश्यक पर्ने उनले बताए। आर्थिक वर्ष २०६५/६६ देखि निर्माण सुरु भएको कोरिडोरको कुल लम्बाइमध्ये ३३४ किलोमिटर सडक महाकाली कोरिडोर सडक निर्माण योजनाले निर्माण गरिरहेको छ भने दार्चुलाको ७९ किलोमिटर सडक निर्माणको जिम्मा नेपाली सेनाले पाएको छ। योजनाअन्तर्गत कञ्चनपुरमा ११ किलोमिटर, डडेलधुराको ५८ किलोमिटरमध्ये ३२ किलोमिटर, बैतडीको १४४ किलोमिटरमध्ये १४१.५ किलोमिटर र दार्चुलाको १२१ किलोमिटरमध्ये १०४ किलोमिटर सडकको ट्र्याक खोलिएको छ। अब डडेलधुरामा २६ किलोमिटर, बैतडीमा २.५ किलोमिटर र दार्चुलामा १७ किलोमिटर गरी कुल ४५.५ किलोमिटर सडकको ट्र्याक खोल्न बाँकी रहेको प्रमुख कार्कीले जानकारी दिए। चालु आर्थिक वर्ष २०८३/८४ मा १५ किलोमिटर नयाँ ट्र्याक खोल्ने र १० किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखिएको छ। तर, विभिन्न ठेक्काबापतको एक अर्ब रुपैयाँ दायित्व भुक्तानी गर्न बाँकी रहेको उनले बताए। कार्कीका अनुसार चालु आर्थिक वर्षमा विनियोजित ३९ करोड ४० लाख रुपैयाँबाट पुरानो दायित्व भुक्तानी गरिनेछ। पर्याप्त बजेट अभावका कारण आयोजना सम्पन्न हुने समयसीमा तोक्न सकिने अवस्था नरहेको उनको भनाइ छ। यसैबीच, महाकाली कोरिडोरअन्तर्गत ट्र्याक खोलिएको २८८.५ किलोमिटर सडकमा सवारीसाधन सञ्चालन भइरहेका छन्। वर्षायाममा केही स्थानमा पहिरो खस्ने समस्या भए पनि अधिकांश क्षेत्रमा सवारीसाधन सहज रूपमा सञ्चालन गर्न सकिने अवस्था रहेको कार्कीले बताए। नेपाली सेनाले निर्माण गरिरहेको ७९ किलोमिटर सडकमध्ये आर्थिक वर्ष २०८१/८२ सम्म २० किलोमिटरको ट्र्याक खोलिएको छ। त्यसमध्ये १२ किलोमिटर सडकमा दुम्लिङ गाउँसम्म सवारीसाधन सञ्चालन गर्न सकिने बनाइएको छ। महाकाली कोरिडोरअन्तर्गत कञ्चनपुरको ब्रह्मदेव, डडेलधुराको जोगबुढा, बैतडीको पञ्चेश्वर र चमेलिया हुँदै दार्चुलाका लाली, उकु, खलङ्गा, धारी, हिकिला, हुती, धौलाकोट र सुन्सेरा–तुसारपानीसम्म सडक निर्माण भइरहेको छ। कोरिडोर निर्माण सम्पन्न भएपछि चीनसँग जोडिएको तिङ्कर नाकासम्म सडक सञ्जाल विस्तार हुनेछ। यसले नेपाल–चीनबीचको आवागमन सहज बनाउनुका साथै सीमावर्ती क्षेत्रको आर्थिक तथा सामाजिक गतिविधिमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

You may have missed

Copyright © All rights reserved. | Newsphere by AF themes.