मकवानपुरमा सुमो दुर्घटना : दुई जनाको मृत्यु, सात जना घाइते
मकवानपुर: मकवानपुरको भीमफेदीमा सुमो गाडी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने सात जना घाइते भएका छन्।
प्राप्त जानकारीअनुसार आज बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको ना.१ ज २१४३ नम्बरको सुमो त्रिभुवन राजपथबाट राप्ती खोलामा खसेको थियो।
दुर्घटनामा परी दुई जनाको मृत्यु भएको र सात जना घाइते भएको प्रारम्भिक विवरण प्राप्त भएको छ। घाइतेहरूको अवस्था तथा दुर्घटनाको थप विवरण आउन बाँकी रहेको छ।
The post मकवानपुरमा सुमो दुर्घटना : दुई जनाको मृत्यु, सात जना घाइते appeared first on ✍️कञ्चन मिडिया📸.
