July 10, 2026

Kanchan Media

"कञ्चनपुरको सञ्चार"

सर्पले टोकाईपछि पहिलो ३० मिनेटमै गरिने सही प्राथमिक उपचारले बच्न सक्छ ज्या”न, भुलेर पनि नगर्नुहोस् यी ६ गल्ती!

नेपालमा विशेष गरी गर्मी र वर्षायामको समयमा सर्पदंश (सर्पको टोकाइ) का घटनाहरू तीव्र रूपमा बढ्ने गर्दछन्। सर्पले टोकेको थाहा पाउने बित्तिकै मानिसहरू अत्यधिक आत्तिने र परम्परागत वा गलत उपायहरू अपनाउने गर्छन्, जसका कारण अस्पताल पुग्दापुग्दै बिरामीको ज्या”न गइसकेको हुन्छ। चिकित्सकहरूका अनुसार सर्पले टोकेपछिको पहिलो ३० मिनेट अत्यन्तै संवेदनशील र महत्त्वपूर्ण हुन्छ। यस अवधिमा चालिने सही कदमले बिरामीलाई नयाँ जीवन दिन सक्छ।

​सर्पले टोकेको अवस्थामा घरमै गर्न सकिने सही प्राथमिक उपचार, भुलेर पनि गर्न नहुने गल्तीहरू र पहिचान गर्नुपर्ने खतराका लक्षणहरूबारे विस्तृत विवरण यस प्रकार छ:

 घरमा गरिने सही प्राथमिक उपचार (के गर्ने?) :सर्पले टोक्ने बित्तिकै बिनाकुनै ढिलाइ निम्न वैज्ञानिक प्राथमिक उपचारका चरणहरू अपनाउनुपर्छ ।

​१. बिरामीलाई शान्त राख्नुहोस्: सर्पले टोकेपछि डर र आँत्तिने बानीले मुटुको धड्कन तीव्र बनाउँछ। मुटुको धड्कन बढ्दा शरीरमा रग”तको बहाव छिटो हुन्छ, जसले गर्दा सर्पको विष शरीरभरि निकै तीव्र गतिमा फैलन पाउँछ। त्यसैले बिरामीलाई ढाडस दिँदै शान्त राख्नु पहिलो प्राथमिकता हो।

२. टोकेको अङ्गलाई अचल (स्थिर) राख्नुहोस्: टोकेको हात वा खुट्टालाई कत्ति पनि चल्न नदिई स्थिर राख्नुपर्छ। यसका लागि काठको फट्टा, काम्रो वा स्प्लिन्ट (Splint) को सहारा लिएर कपडाले हल्कासँग बाँध्न सकिन्छ। अङ्गलाई सकेसम्म मुटुको सतहभन्दा तल वा बराबरको स्तरमा राख्नुपर्छ।

३. कसिलो कपडा र गहनाहरू तुरुन्त हटाउनुहोस्: टोकेको अङ्ग बिस्तारै सुन्निन थाल्ने भएकाले हात वा खुट्टामा लगाइएका औँठी, चुरा, घडी, पायस वा कसिलो कपडाहरू तुरुन्तै फुकाल्नुपर्छ। समयमै नफुकाले यसले र”क्तसञ्चारमा थप अवरोध सिर्जना गर्छ।

४. घा”उलाई हल्का सफा गर्नुहोस्: सर्पले टोकेको ठाउँलाई सफा पानी र साबुनले हल्कासँग धुन सकिन्छ। तर, घा”उलाई धेरै मिच्ने, घोट्ने वा रगड्ने काम कत्ति पनि गर्नुहुँदैन।

५. सर्पको पहिचान (सुरक्षित दूरीबाट): यदि सम्भव र सुरक्षित छ भने टोक्ने सर्प कस्तो थियो (त्यसको रङ्ग, आकार वा बनावट) याद राख्नुहोस् वा टाढाबाट मोबाइलमा फोटो खिच्न सक्नुहुन्छ। यसले चिकित्सकहरूलाई अस्पतालमा उपचार गर्न सजिलो बनाउँछ। तर, सर्प समात्ने वा मा”र्ने चक्करमा समय बर्बाद नगर्नुहोस्।

६. तुरुन्त अस्पताल लैजानुहोस्: बिरामीलाई एन्टि-स्नेक भेनम (Anti-snake venom) उपलब्ध भएको नजिकैको स्वास्थ्य संस्था वा सर्पदंश उपचार केन्द्रमा जतिसक्दो चाँडो पुर्‍याउनुहोस्।

​ भुलेर पनि नगर्नुहोस् यी कामहरू (के नगर्ने?)

​हाम्रो समाजमा परापूर्वकालदेखि चलिआएका केही भ्रम र गलत अभ्यासहरूले गर्दा बिरामीको ज्यान जोखिममा पर्ने गरेको छ। विज्ञान र चिकित्साशास्त्र अनुसार निम्न कामहरू पूर्ण रूपमा निषेध गरिएको छ:

  • घा”उ चिरफार गर्ने: विष बाहिर फाल्ने बहानामा घा”उलाई ब्लेड वा चक्कुले का”ट्ने र रग”त बगाउने काम कहिल्यै नगर्नुहोस्। यसले संक्रमणको ख”तरा बढाउँछ र र”क्तस्राव रोकिँदैन।
  • मुखले विष चुस्ने: चलचित्रहरूमा देखाइए जस्तो मुखले घाउबाट विष चुसेर फाल्ने प्रयास निकै ख”तरनाक हुन्छ। मुखमा सानो घा”उ वा चो”ट भएमा विष चुस्ने व्यक्तिको समेत ज्या”न जान सक्छ।
  • कसिलो डोरी (टर्नीकेट) बाँध्ने: टोकेको भागभन्दा माथि कसिलो डोरी, कपडा वा भिरिङ्गी बाँध्ने गल्ती नगर्नुहोस्। धेरै कसिलो गरी बाँध्दा उक्त अङ्गमा र”क्तसञ्चार पूर्ण रूपमा बन्द भई पछि सो अङ्ग नै का”टेर फाल्नुपर्ने (Amputation) स्थिति आउन सक्छ।
  • घरेलु औषधी वा रसायन लगाउने: घाउमा बरफ, माटो, तेल, जडीबुटी, मट्टितेल वा कुनै पनि रासायनिक पदार्थ नलगाउनुहोस्। यसले एन्टि-भेनेमको कार्यमा बाधा पुर्‍याउन सक्छ।
  • बिरामीलाई हिँडाउनु वा दौडाउनु: बिरामी आफैँ हिँडेर वा दौडेर अस्पताल जानु हुँदैन। शारीरिक श्रम गर्दा विष छिटो फैलिने भएकाले बिरामीलाई स्टेचर, मोटरसाइकल वा गाडीमा राखेर लैजानुपर्छ।
  • रक्सी वा अनावश्यक औषधी सेवन: बिरामीलाई दुखाइ कम गर्ने औषधी वा मदिरा (रक्सी) सेवन गराउनु हुँदैन, यसले लक्षणहरूलाई लुकाउन सक्छ र रोगको निदानमा गाह्रो बनाउँछ।

​तुरुन्त अस्पताल लैजानुपर्ने ‘ख”तराका लक्षणहरू’

​यदि सर्पले टोकेको व्यक्तिमा निम्न लक्षणहरू देखिन थालेमा विषालु सर्पले टोकेको बुझ्नुपर्छ र एक सेकेन्ड पनि ढिला नगरी आकस्मिक कक्षमा पुर्‍याउनुपर्छ:

    • ​सास फेर्न गाह्रो हुनु वा हस्याङफस्याङ हुनु।
    • ​आँखाको ढकनी (पलक) भारी हुनु वा बन्द हुन खोज्नु (आँखा झिम्किने)।
    • ​बोल्न गाह्रो हुनु, जिब्रो लरबरिनु वा थुक निल्न कठीन हुनु।
    • ​टोकेको ठाउँ अत्यधिक सुन्निँदै जानु र निरन्तर रगत वा पानी बगिरहनु।
    • ​अत्यधिक कमजोरी महसुस हुनु, चक्कर लाग्नु वा बिरामी बेहोस हुने अवस्थामा पुग्नु।

विशेष स्मरण रहोस्: सर्पदंशको एकमात्र भरपर्दो र प्रमाणित उपचार भनेको अस्पतालमा चिकित्सकको निगरानीमा दिइने एन्टिमेनम (Anti-snake venom) सुई मात्र हो। धामीझाँक्री, झारफुक वा घरेलु ओखतीको चक्करमा लागेर अमूल्य समय खेर नफाल्नुहोस्। सही समयमा अस्पताल पुर्‍याइएका ९५ प्रतिशतभन्दा बढी बिरामी निको भएर घर फर्किएका छन्।

 सर्पको टोकाइबाट बच्न अपनाउनुपर्ने स्वस्थ बानीहरू

      • सुरक्षित पहिरन: खेतबारीमा काम गर्दा वा झाडीमा जाँदा सधैँ गम्बुट (अग्लो जुत्ता) र बाक्लो लामो सुरुवाल लगाउने बानी गरौँ।
      • उज्यालोको प्रयोग: रातिको समयमा घरबाहिर निस्कँदा वा हिँड्दा अनिवार्य रूपमा टर्चलाइट वा मोबाइलको लाइट प्रयोग गरौँ।
      • सरसफाइ: घर वरपर रहेका अनावश्यक घाँसपात, झाडी र दाउराका चाङहरू नियमित सफा राखौँ, जसले गर्दा सर्पले गुड बनाउन नपाओस्।
      • परिसर व्यवस्थापन: घर आसपासको परिसर सधैँ सफा राखौँ। फोहोर वा अन्न जथाभाबी नथुपारौँ, किनकि फोहोरले मुसा आकर्षित गर्छ र मुसा खानका लागि सर्प घरभित्र पस्ने सम्भावना रहन्छ। ​– कञ्चन मिडिया स्वास्थ्य ब्यूरो

Copyright © All rights reserved. | Newsphere by AF themes.