August 24, 2026

Kanchan Media

"कञ्चनपुरको सञ्चार"

कृष्णपुर बाणी शिविर र खल्लागोठका समस्या समाधानका लागि मुख्यमन्त्रीसमक्ष ज्ञापनपत्र पेस

कृष्णपुर – कञ्चनपुरको कृष्णपुर वार्ड नं २ बाणी खल्लागोठ निवासी तथा स्वास्थ्यकर्मी एवम् समाजसेवी जगत महताले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीसमक्ष आफ्नो क्षेत्रको चौतर्फी विकास र विभिन्न जनसरोकारका विषयमा ध्यानाकर्षण गराएका छन् ।

​लामो समयदेखि खल्लागोठ तथा आसपासका बासिन्दाले भोग्दै आएका आधारभूत समस्या, पूर्वाधार निर्माणका चुनौती र स्थानीय आवश्यकतालाई प्राथमिकताका साथ सम्बोधन गर्न माग गर्दै उनले मुख्यमन्त्री समक्ष ज्ञापनपत्र पेस गरेका हुन।

​उक्त ज्ञापनपत्र मार्फत ग्रामीण क्षेत्रको उन्नति, नागरिकका मौलिक आवश्यकताको परिपूर्ति तथा विशेष क्षेत्रका रूपमा रहेका विभिन्न समस्याको स्थायी समाधानका लागि प्रदेश सरकारको तर्फबाट आवश्यक पहल र सहयोग गरिदिन विशेष अनुरोध गरिएको छ।

Copyright © All rights reserved. | Newsphere by AF themes.