लालझाडी-५ को बैजनाथ बालज्योती आधारभूत बिद्यालय मा भर्ना कार्यक्रम तीब्र; गुणस्तरीय शिक्षा मा जोड

कञ्चनपुर: लालझाडी गाउँपालिका वडा नं. ५ मा रहेको श्री बैजनाथ बालज्योती आधारभूत बिद्यालयमा नयाँ भर्ना कार्यक्रमले तिब्रता लिईरहेको छ।

आफ्ना नानीबाबुहरुलाई निजि बिद्यालयमा पढाउदै आईरहेका विद्यालय व्यवस्थापन समिती अध्यक्ष मनोज कुमार बिष्ट र कार्यरत शिक्षिका कृष्णा कुमारी पाण्डेले आफ्ना नानिबाबुहरुलाई सामुदायिक विद्यालयमा भर्ना गराएका छन् ।

सामुदायिक बिद्यालयमा आफुले आफ्ना नानिबाबु भर्ना गर्दा अन्य अभिभावकहरुमा पनि सकारात्मक सन्देश जाने अध्यक्ष विष्टले बताएका छन् । गुणस्तरीय शिक्षा प्रदान हुन्छ भन्ने सन्देश दिन खोजेको उनले बताएका छन् ।

यो शैक्षिक सत्र २०८० मा अहिले ९८ जना नयाँ विद्यार्थीहरु भर्ना भएको र भर्ना कार्यक्रम आउँदो १५ गतेसम्म रहेको बिद्यालयका प्रधानाध्यापक उमेश प्रसाद चौधरीले बताएका छन् । भौतिक संरचनामा पुर्ण रहेको यो विद्यालयमा शैक्षिक सुधारका लागि पनि अब विद्यालय परिवार तयार रहेको विद्यालयका पि.टि.ए अध्यक्ष लक्ष्मण गिरीले बताएका छन्।

Facebook Comments Box