कृष्णपुरको कञ्चनजंगा स्कुलमा मोबाइल एपको सुविधा

कञ्चनपुर: कृष्णपुर नगरपालिका वडा नं. ५ मा रहेको श्री कञ्चनजंगा ईङ्लिस माध्यामिक विद्यालय कृष्णपुरका अरु निजि विद्यालयहरु मध्ये धेरै विद्यार्थी भएको विद्यालय हो । २०४९ सालमा स्थापना भएको यो विद्यालय निरन्तर ३१ बर्ष देखि गुणस्तरीय शिक्षा प्रदान गरिरहेको र दक्ष जनशक्ति उत्पादन गरिरहेको छ।

कृष्णपुरका अभिभावकहरुको पहिलो रोजाई बन्न सफल यो विद्यालयले अहिले आफ्ना अभिभावक र बिद्यार्थी नानि-बाबु हरुका लागि थप उपयोगी मोबाईल एप को निर्माण गरेको छ । जस बाट अभिभावकले घरमै बसी आफ्ना नानी-बाबु हरुको बिद्यायमा रहेको बिवरण, परीक्षामा प्राप्त प्रत्येक बिषयका अंकहरु, हाजिरी भएको नभएको जानकारी, भुक्तानी गर्नुपर्ने शुल्क का बिषयमा, एप्प बाटै शुल्क भुक्तानी, होमवर्क तथा अन्लाईन क्लासका विषयमा घरबाटै थाहा पाउन सकिने व्यवस्था ल्याएको छ।

मोबाइल एप डाउनलोड गर्न आफ्नो मोबाइलको प्ले स्टोर मा जानु पर्नेछ, अङ्ग्रेजीमा(कञ्चनजंगा सेकेन्डरी स्कुल) टाइप गर्ने र कञ्चनजंगा स्कुलको लोगो भएको एप देखिने छ । त्यही एप डाउनलोड गर्न विद्यालयका सह-प्रिन्सिपल भरत राज जोशीले समाजिक सञ्जाल मा पोस्ट गर्दै जानकारी गराएका छन् ।

Facebook Comments Box