November 2, 2026

Kanchan Media

"कञ्चनपुरको सञ्चार"

खेलकुदबाट दुर्व्यसनमुक्त समाजको सन्देश, निगालीका युवालाई लोग ब. बुढाद्वारा फुटबल हस्तान्तरण

कञ्चनपुर। खेलकुदको माध्यमबाट युवाहरूलाई लागुऔषध दुर्व्यसनबाट टाढा राख्दै स्वस्थ र अनुशासित समाज निर्माण गर्ने उद्देश्यका साथ कृष्णपुर नगरपालिका–१, निगाली बण्डका युवाहरूलाई फुटबल हस्तान्तरण गरिएको छ।
नेपाल तेक्वान्दोका राष्ट्रिय रेफ्री, राष्ट्रिय खेलाडी तथा कञ्चनपुर जिल्ला खेलकुद समितिका सदस्य श्री लोग ब. बुढाले स्थानीय युवाहरूलाई खेलकुदमा सक्रिय हुन प्रोत्साहित गर्दै फुटबल हस्तान्तरण गर्नुभएको हो।
युवाशक्तिलाई सकारात्मक गतिविधिमा जोड्दै लागुऔषध दुर्व्यसनबाट टाढा राख्न खेलकुद प्रभावकारी माध्यम बन्न सक्ने विश्वास व्यक्त गर्दै उहाँले खेलकुदलाई मनोरञ्जन मात्र नभई स्वास्थ्य, अनुशासन र सामाजिक एकताको आधारका रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ।
उहाँको यस सहयोगले निगाली बण्डका युवाहरूमा खेलकुदप्रतिको उत्साह थपिने र स्थानीयस्तरमा खेलकुद गतिविधि विस्तार गर्न प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।
खेलकुदमा युवाको सहभागिता बढाऔँ, स्वस्थ समाज निर्माण गरौँ।
खेलौँ, स्वस्थ बनौँ, लागुऔषधबाट टाढा रहौँ!

The post खेलकुदबाट दुर्व्यसनमुक्त समाजको सन्देश, निगालीका युवालाई लोग ब. बुढाद्वारा फुटबल हस्तान्तरण appeared first on ✍️कञ्चन मिडिया📸.

Copyright © All rights reserved. | Newsphere by AF themes.