लालझाडी-६ मा ४५ दिने प्लम्बर तालिम सम्पन्न

कञ्चनपुर: लालझाडी गाउँपालिका वडा नं ६ मा संचालित ४५ दिने प्लम्वर सम्बन्धि तालिम सम्पन्न भएको छ।

कार्यक्रमको सामापन सामारोहमा तालीममा सहभागी भएका १० जना लाई कार्यक्रमका प्रमुख अतीथी एवं पालिका प्रमुख निर्मल रानाले विभिन्न प्लम्बर सम्बन्धि सामाग्री हस्तान्तरण गरेका छन् ।

कार्यक्रममा वडा नं. ६ का वडा अध्यक्ष हर्क नारायण जोशी र जिल्ला समन्वय समिती सदस्य लीला चाैधरी लगायत स्थानीयहरुको समेत उपस्थिति रहेको थियो ।

Facebook Comments Box