November 17, 2026

Kanchan Media

"कञ्चनपुरको सञ्चार"

कञ्चनपुरका युवा उद्यमीको एक करोड बढीको लगानीमा ‘कैलाश डेकोर’ अर्डर अनुसारको डेलिभरीको समेत व्यवस्था

कञ्चनपुर- का दुई जोसिला युवा उद्यमी जनकबहादुर सिंह र सन्तोषजंग सिंहको संयुक्त प्रयासमा बाँकेको नेपालगन्जमा एक करोड रुपैयाँभन्दा बढीको लगानीमा अत्याधुनिक फर्निचर उद्योग ‘कैलाश डेकोर’ सञ्चालनमा आएको छ। नेपालगन्जको बाइपास रोडस्थित कारकाँदो चोकमा स्थापना गरिएको यस उद्योगले स्थानीय स्तरमै अन्तर्राष्ट्रिय मापदण्डका आधुनिक, बलिया र आकर्षक फर्निचर उपलब्ध गराउने लक्ष्य राखेको छ। काठमाडौँ वा छिमेकी मुलुक भारतबाट महँगो मूल्यमा फर्निचर आयात गर्नुपर्ने उपभोक्ताको बाध्यतालाई अन्त्य गर्दै स्वदेशमै गुणस्तरीय विकल्प दिने सोचका साथ यो व्यवसाय सुरु गरिएको हो।

​घर, कार्यालय तथा व्यावसायिक संरचनालाई आधुनिक र सुन्दर रूप दिन चाहने ग्राहकका लागि यो उद्योग विशेष आकर्षणको केन्द्र बनेको छ। दक्ष कालीगढ र आधुनिक मेसिनरी प्रविधिको प्रयोग गरी यहाँ इनडोर (भित्री) तथा आउटडोर (बाहिरी) प्रयोजनका विविध फर्निचर उत्पादन भइरहेका छन्। विशेषगरी उच्च गुणस्तरीय फलाम र विशेष डोरीको संयोजनबाट बनाइने सोफा सेट, डाइनिङ टेबल, गार्डेन चेयर तथा आकर्षक स्विङ (पिङ) जस्ता फर्निचरले ग्राहकको ध्यान खिच्ने देखिन्छ।

​पछिल्लो समय पश्चिम नेपालका मुख्य सहरहरूमा निर्माण भइरहेका आधुनिक घर, तारे होटल, रिसोर्ट, रेस्टुरेन्ट तथा क्याफेहरूमा मौलिक र डिजाइनर फर्निचरको माग तीव्र रूपमा बढिरहेको छ। ग्राहकको यही आवश्यकता र रुचि अनुसार उपलब्ध ठाउँको नाप र संरचना मिलाएर ‘कस्टमाइज्ड’ (इच्छा अनुसारको) डिजाइनमा फर्निचर तयार पारिने भएकाले घर सजाउन चाहनेहरूका लागि यो निकै उपयोगी माध्यम बनेको छ। ग्राहकलाई थप सहज बनाउन उद्योगले अर्डर अनुसार घरमै सामान पुर्‍याउने (डेलिभरी) भरपर्दो व्यवस्था समेत गरेको छ, जसका लागि ९८५११२५७६६ र ९७६९४०००३१ मा सोझै सम्पर्क गर्न सकिने सञ्चालकहरूले जनाएका छन्।

​आधुनिक फिनिसिङ युनिटसहित सञ्चालनमा आएको कैलाश डेकोरले आगामी दिनमा आफ्नो उत्पादन क्षमतालाई अझ विस्तार गर्ने अल्पकालीन तथा दीर्घकालीन योजना बनाएको छ। हाल नेपालगन्जलाई केन्द्र बनाएर सेवा सुरु गरे पनि निकट भविष्यमै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रमुख सहरहरूमा आफ्ना बिक्री कक्ष (आउटलेट) विस्तार गर्ने लक्ष्य सञ्चालकहरूको छ।

​व्यावसायिक अनुभवमा अब्बल मानिने कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ का सिंहद्वयले यस फर्निचर उद्योगका अतिरिक्त अन्य क्षेत्रमा पनि सफलता हासिल गर्दै आएका छन्। उनीहरूले कञ्चनपुरको बाणीमा ‘खप्तड पशुपन्छी तथा मत्स्यपालन केन्द्र’ र नेपालगन्जमै ‘होटल कैलाश इन’ समेत सफलतापूर्वक सञ्चालन गरिरहेका छन्। बहुआयामिक व्यवसायमार्फत स्थानीयस्तरमा रोजगारी सिर्जना गर्दै आर्थिक गतिविधि बढाउन उनीहरूको यो कदम प्रेरक बनेको छ।

The post कञ्चनपुरका युवा उद्यमीको एक करोड बढीको लगानीमा ‘कैलाश डेकोर’ अर्डर अनुसारको डेलिभरीको समेत व्यवस्था appeared first on ✍️कञ्चन मिडिया📸.

Copyright © All rights reserved. | Newsphere by AF themes.