November 27, 2026

Kanchan Media

"कञ्चनपुरको सञ्चार"

दार्चुलामा ३ हजार २८७ उद्योग दर्ता, ५ हजार ८४७ जनाले पाए रोजगारी

दार्चुला, मंसिर ११। दार्चुला जिल्लामा हालसम्म ३ हजार २८७ उद्योग दर्ता भएका छन्। ती उद्योगमा २० करोड ५२ लाख ४९ हजार २०० रुपैयाँ पुँजी लगानी रहेको छ भने ५ हजार ८४७ जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। १२औँ उद्योग दिवसको अवसरमा घरेलु तथा साना उद्योग कार्यालय दार्चुलाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उक्त तथ्याङ्क सार्वजनिक गरिएको हो।

कार्यपत्रअनुसार जिल्लामा कृषि तथा वनजन्य १ हजार ६३९, सेवामूलक १ हजार ३३८ र उत्पादनमूलक ३१० उद्योग दर्ता भएका छन्। कृषि तथा वनजन्य उद्योगमा सबैभन्दा बढी १२ करोड ५४ लाख ९२ हजार २०० रुपैयाँ लगानी रहेको छ। त्यस्तै, जिल्लामा २ हजार ५१६ व्यापारिक फर्मसमेत दर्ता भई सञ्चालनमा रहेका छन्।

दार्चुलामा जडीबुटी प्रशोधन, कृषि तथा पशुपालन, स्थानीय सीपमा आधारित उत्पादन र पर्यटन उद्योगको विकासका प्रशस्त सम्भावना रहेको कार्यक्रममा प्रस्तुत कार्यपत्रमा उल्लेख गरिएको छ। उद्योग क्षेत्रको थप विकासका लागि उद्यमशीलता तालिम, प्रविधि हस्तान्तरण, स्थानीय उत्पादनको बजारीकरण तथा रोजगारी सिर्जनामा जोड दिनुपर्ने आवश्यकता औँल्याइएको छ।

 

The post दार्चुलामा ३ हजार २८७ उद्योग दर्ता, ५ हजार ८४७ जनाले पाए रोजगारी appeared first on ✍️कञ्चन मिडिया📸.

Copyright © All rights reserved. | Newsphere by AF themes.