कञ्चनपुर: लालझाडी गाउँपालिका वडा नं. ५ मा रहेको देखतभुली स्वास्थ्य चौकीमा सिकलसेल एनिमिया तथा थालासेमिया सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।
देखतभुलि स्वास्थ्य चौकी व्यवस्थापन समिती अध्यक्ष एवं लालझाडी-५ नं. वडा का अध्यक्ष पहल बहादुर थापाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा देखतभुलि स्वास्थ्य चौकी व्यवस्थापन समितिका उपाध्यक्ष एवं पालिका अध्यक्ष सचिवालय प्रमुख अमर सिंह धामी विशिष्ट अथिती रहेका थिए। कार्यक्रममा वडा सदस्य, समाजसेवी, सिकलसेल एनिमिया रोगबाट ग्रसित नागरिक, बुद्धिजिवि, स्वास्थ्यकर्मी लगायत स्थानिय बासिन्दाहरु सहभागी रहेका थिए।
लालझाडी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यलय स्वास्थ्य शाखा शंकरपुर कञ्चनपुरको आयोजनामा अभिमुखिकरण कार्यक्रम आयोजित भएको हो। लालझाडी गाउँपालिका का जन स्वास्थ्य निरीक्षक दशरथ राना अभिमुखिकरण कार्यक्रममा प्रस्तुतकर्ता रहेका थिए।
विशेषगरी थारु समुदायमा देखिने सिकलसेल एनिमिया रोग लामखुट्टेको टोकाईबाट मलेरिया बिग्रेर रगतको कमि हुने हुदा अन्य समुदायमा पनि हुनसक्ने बंशाणुगत सर्ने रोग हो; आमा अथवा बुवामा यो रोग भए छोरा छोरीमा समेत सर्न सक्छ तर अन्य सरुवा रोग झै यो रोग सर्दैन; यो रोगबाट बच्न नियमित स्वास्थ्य परिक्षण गराई डाक्टरको सल्लाह लिएर स्वस्थ खानपिन गर्नुपर्ने प्रस्तुतकर्ता रानाले बताएका छन् ।
रोगको शंका लागेमा भर्आ(धामी,झाक्री) लाई देखाउनुको साटो अस्पताल गएर निशुल्क रुपमा परिक्षण गराउन सकिने र सेती प्रादेशिक अस्पताल धनगढीमा निशुल्क रुपमा सिकलसेल एनिमिया रोगको परिक्षण हुने लालझाडी-५ का वडा अध्यक्ष पहल बहादुर थापाले बताएका छन् ।
त्यस्तै कार्यक्रममा यी रोगहरुबारे समाजमा फैलिएका गलत र भ्रमपुर्ण सुचना बारेपनी सहभागीहरुलाई सचेत हुन भनिएको छ। यो अभिमुखिकरण कार्यक्रमले नागरिकमा थोरै भएपनी चेतनाको विकास हुने र रोगको नियन्त्रण गर्नसकिने वडा अध्यक्ष थापाले बताएका छन्।