मालिकार्जुन–४ मा वडा स्तरीय बाल कचहरी कार्यक्रम सम्पन्न

दार्चुला । मंसिर ११ । दार्चुलाको मालिकार्जुन गाउँपालिका–४, हुनैनाथमा वडा स्तरीय बाल कचहरी कार्यक्रम सम्पन्न भएको छ। बिहीबार आयोजित कार्यक्रममा बालबालिकाका समस्या, आवश्यकता तथा सवालहरूबारे छलफल गरिएको थियो।
कार्यक्रममा बालबालिकाले आफ्ना समस्या तथा जिज्ञासा सरोकारवालासमक्ष राखेका थिए। बालबालिकाको हकहित, संरक्षण, शिक्षा तथा उनीहरूको सहभागितालाई प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको थियो।
कार्यक्रमले बालबालिकाका आवाजलाई स्थानीय तहसम्म पुर्याउन र उनीहरूका सवाल सम्बोधन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। बालमैत्री वातावरण निर्माणका लागि यस्ता कार्यक्रम महत्वपूर्ण हुने सहभागीहरूले बताएका छन्।
The post मालिकार्जुन–४ मा वडा स्तरीय बाल कचहरी कार्यक्रम सम्पन्न appeared first on ✍️कञ्चन मिडिया📸.
