आजबाट हामी…सम्पादकीय

सर्वप्रथम त आम नेपालीहरु माझ छाइरहेको नयाँ वर्षले हामी सबै नेपालीको मनमा शान्ति छावोस, मनमा नयाँ जोस र उमङ्ग पलावोस, घर परिवारमा खुशी छाईराखोस ई एन नेपाल डटकम परीवारको तर्फबाट नयाँ बर्ष २०८० को हार्दिक शुभकामना व्यक्त  गर्दछौ ।

अब देखी ई.एन नेपाल डटकम अनलाईन पत्रिकाको बिधिवत शुभारम्भ भएको छ। यस अवसरमा हामी सम्पूर्ण पाठक, शुभेच्छुक, सहयोगी र विज्ञापनदाताहरुमा हृदयदेखि नै खुशी साट्न चाहन्छौं ।

मिडिया (खासगरी अनलाईन) स्थापना गर्ने होड चलिरहेको पृष्ठभूमिमा हामीले व्यवसायिक पत्रकारितामा एउटा ईट्टा थप्ने उदेश्यका साथ ई एन नेपाल डटकम नामक अनलाइन पोर्टल संचालनमा ल्याई सगौरव तपाईंहरुमाझ प्रस्तुत भएका छौ ।

केही गलत र परम्परागत र ट्रेन्डलाई भत्काएर व्यावसायिक पत्रकारिताको जगलाई बलियो बनाउन सहयोग पुर्याउने र डिजिटल प्लेटफर्ममा हाम्रा सामाग्रीहरुलाई बिस्तार गर्ने चुनौती हाम्रो सामु खडा छ । निकट भविष्यमा त्यसमा केही नयाँ प्रयासको थालनी गर्ने योजना हामीले बनाएका छौं ।

त्यसबीचमा हामीले अनेक संकट र समस्यासँग जुध्नुुपर्नेछ । आईपर्ने चुनौतीलाई कुशलतापूर्वक चिर्दै हाम्रो व्यवसायिक सक्रियता र गुणस्तरियतालाई नयाँ उचाईमा उठाउन सक्छौं भन्ने विस्वास हामीले लिएका छौ। यसको अर्थ आगामी दिनमा आफुलाई थप परिस्कृत र परिमार्जन गर्ने हाम्रो प्रतिवद्धता हो ।

हामी पत्रकारिताको आचारसंहिता, विश्वव्यापी सिद्धान्त र मुल्यमान्यताका प्रति जानजान गल्ती गर्दैनौं र गर्ने छैनौ । जानअन्जानमा कही कतै बाटो बिराएर चुक्दै गएको अबस्थामा पाठकबर्गको खबरदारी हामीसँग रहिरहनेछ भन्ने अपेक्षा राख्दछौं । गल्तीबाट पाठ सिक्दै आफुलाई करेक्सन गरेर अघि बढ्न हामी हर समय तयार छौं ।

अहिलेलाई यति भनौं, सत्यलाई दबाब, प्रभाब वा कुनै प्रतिशोधबाट निषेध गर्ने प्रबृत्तीसँग सम्झौता नगरी जिम्मेवार र मर्यादित पत्रकारिताको निष्ठाबाट अविचलित अघि बढ्ने हाम्रो संकल्प हुनेछ । गलत कुराको विपक्षमा उभिँदा कतिपयले निष्पक्षताको प्रश्न उठाउने गरेका छन् । हामी यो कुरामा प्रष्ट हुनुपर्दछ कि बिकृति, विसंगतीको बिपक्षमा उभिनु नै सत्य, निष्पक्ष र साझा पत्रकारिताको मर्म भएकोले ई एन नेपाल डटकमलाई साझा प्लेटफर्मकै रुपमा अघि बढाउने हाम्रो प्रयास हुनेछ । निकट भविष्य मै हामी छापा पत्रीका समेत संचालनमा ल्याउने छौ। यो हाम्रो प्रयासमा हामी हाम्रा सम्पूर्ण पाठक, शुभेच्छुक, सहयोगी र विज्ञापनदाताहरु सधैं हामीसँगै रहनुहुनेछ भन्ने बिश्वासमा छौ । धन्यवाद !

Facebook Comments Box