परराष्ट्रमन्त्री बने कंचनपुरका सांसद एनपी साउद

कंचनपुर निर्वाचन क्षेत्र नं. २ नेपाली काङ्ग्रेस बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका माननीय एनपी साउद परराष्ट्रमन्त्री बनेका छन् । नवनियुक्त परराष्ट्रमन्त्रीको शपथ ग्रहण कार्यक्रम सम्पन्न भए संगै पदभार सम्हालेका छन् ।

आज दिउसो ३ बजे शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले साउदलाई शपथ खुवाएका हुन । साउद कांग्रेसका केन्द्रीय सदस्य हुन्। पार्टी सभापति कै गृहजिल्ला डडेल्धुरा मा वि सं २०१९ साल श्रावण २५ गते बिहीबार जन्मेका साउद हाल कञ्चनपुर को शु्क्लाफाँटा नगरपालिका-६ मा स्थायी बसोबास छ ।

यसअघि साउद शिक्षा तथा खेलकुद राज्यमन्त्री र सिँचाइ मन्त्री भईसकेका छन् । परराष्ट्रमन्त्री एनपी साउदले नेपाललाई शान्तिप्रिय लोकतान्त्रिक देशको रुपमा विश्वसामु चिनाउने उद्देश्यतर्फ लक्षित रहेर काम गर्ने बताएका छन् । आइतबार पद तथा गोपनियताको शपथ ग्रहणपछि सिंहदरबार पुगेर पदभार सम्हाल्दै मन्त्री साउदले नेपालले सबै छिमेकीहरूसँग सौहार्दपूर्ण र शान्तिपूर्ण सम्बन्धलाई कायम राख्ने बताएका छन् ।

Facebook Comments Box