ब्रेकिङ न्यूज बैतडीमा बस दुर्घटना, मानवीय क्षति भने भएन
ब
बैतडी, मंसिर ५। बैतडीमा यात्रुवाहक बस दुर्घटनामा परेको छ। महेन्द्रनगरबाट बझाङ तर्फ जाँदै गरेको सु.प.प्र.०२–००१ ख १२५२ नम्बरको बस दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–८ स्थित अनारखोलीमा दुर्घटनामा परेको हो।
बस अनियन्त्रित भई सडकको बाँयातर्फका दुवै टायर नालामा फसेका थिए। दुर्घटनामा कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता तथा प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिएका छन्।
The post ब्रेकिङ न्यूज बैतडीमा बस दुर्घटना, मानवीय क्षति भने भएन appeared first on ✍️कञ्चन मिडिया📸.
