कृष्णपुरमा क्रेनको ठक्करबाट एकजनाको मृ”त्यु

कृष्णपुर ।। कृष्णपुर नगरपालिका वडा नम्बर २ वाणी अन्तर्गत पर्ने पूर्वपश्चिम राजमार्गमा क्रेनले पैदलयात्रीलाई ठक्कर दिदां सडक दुर्घटना हुन गएको छ । कञ्चनपुर जिल्ला कृष्णपुर नगरपालिका वाणी मुक्त कमैया शिविर गल्ली नं ०३ बस्ने वर्ष ७० का फूलपाती चौधरीलाई पश्चिम् एउटै दिशाबाट आइरहेको सु.प.प्र.०१००१ क १६५३ नं को क्रेनले ठक्कर दिएको थियो।

क्रेनलाई कृष्णपुर नगरपालिका वडा नं ०७ बस्ने बर्ष ३४ का रतन बि. क. ले चलाईरहेका थिए । दुर्घटनालगत्तै गम्भीर घाईते बनेका चौधरीलाई तुरुन्तै सेती प्रादेशिक अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । क्रेन र चालक इलाका प्रहरी कार्यालय झलारीको नियन्त्रणमा राखीएको छ भने, ठक्करबाट गम्भीर घाइते बनेका चौधरीको मृत्यु भैइसकेको बुझीएको छ ।

Facebook Comments Box