रेबिज विरुद्धको खोप: कृष्णपुर स्वास्थ्य चौकीमा निशुल्क रुपमा उपलब्ध हुने

कृष्णपुर: कञ्चनपुरको कृष्णपुर नगरपालिका गुलरिया बजार नजिकै रहेको कृष्णपुर स्वास्थ्य चौकीमा अबदेखी रेबिज रोग विरुद्धको खोप निशुल्क रुपमा उपलब्ध हुने भएको छ।

कृष्णपुर नगरपालिकाको आयोजनामा गरिएको रेबिज रोग विरुद्ध खोपको शुभारम्भ कार्यक्रममा नगर प्रमुख ओझाले खोप हस्तान्तरण गरेका छन् । रेबिज रोग विरुद्ध खोप लगाउन नगरपालिका बाहिर रेफर गर्नुपर्ने बाध्यता आजबाट अन्त्य भएको सम्पुर्ण सेवाग्राही र नगरबासीमा सुविधा हुने नगर प्रमुख ओझाले बताएका छन् ।

देशभरमै कुनैपनी स्वास्थ्य चौकीमा रेबिज विरुदको खोप लगाउने सुविधा नभएको र भएपनी बिरलै हुने, आफुलाई जानकारी नभएकाले पहिलो र एकमात्रै रेबिज विरुद्ध खोप लगाउने कृष्णपुर स्वास्थ्य चौकी भएको साथै कृष्णपुरबासी हरु लाई स्वास्थ्य सेवा सर्वसुलभ र सहज रूपमा प्रदान गर्न आफू प्रयासरत रहेको मेयर ओझाले बताएका छन् ।

खोप शुभारम्भ कार्यक्रममा सभाअध्यक्ष कृष्णपुर स्वास्थ्य चौकी सञ्चालन समितिका अध्यक्ष एवं कृष्णपुर-५ का वडा अध्यक्ष टेक पाण्डेय, प्रमुख अतिथिमा कृष्णपुरका नगर प्रमुख हेम राज ओझा, कृष्णपुर-७ का अध्यक्ष घुम्मन राना, स्वास्थ्य शाखा प्रमुख रतन सिंह विष्ट, स्वास्थ्य चौकी ईन्चार्ज बंशी राज भट्ट, कृष्णपुर स्वास्थ्य चौकीमा कार्यरत डा. दिलिप देउवा लगायत स्वास्थ्यकर्मीहरु, स्थानीयहरुको उपस्थिति रहेको थियो।

Facebook Comments Box