कञ्चनपुर: लालझाडी गाउँपालिकाले फागुन ०४ गते देखि जेठ ०३ गते सम्म सञ्चालन गरेको नव प्रवर्तन साझेदारी कोष कार्यक्रम पढ्दै कमाउदै बिद्यार्थी तथा युवा उद्यमसिलता बिकास परियोजना साहायक पलम्बर तालीममा सहभागी १२ जना युवाहरुलाइ प्रमाण पत्र सहित पलम्बर सम्बन्धि सामाग्री हरु पालिका अध्यक्ष निर्मल रानाले बितरण गरेका छन् ।
कार्यक्रममा पालीका अध्यक्ष निर्मल राना, उपाध्यक्ष सपना चाैधरी राना, प्रशासकिय प्रमुख लक्ष्मी दत्त भट्ट, उद्योग शाखा प्रमुख नरेश भट्ट र शिक्षा शाखा प्रमुख शिद्वराज भट्टको उपस्थिति रहेको थियो।
कार्यक्रममा पाईप रेन्ज, हम्मर, पाईप भाईस लगायत १३ पलम्बर सम्बन्धि सामाग्रीहरु पालिका अध्यक्ष रानाले तालिममा सहभागीहरुलाई हस्तान्तरण गरेका छन् ।
पालिका अध्यक्ष रानाले भने;”सीप भनेको जीवनयापन गर्ने एउटा तरिका हो, सीप सिकेको मान्छे कहिले भोको बस्नुपर्दैन, त्यसैले हामीले उहाँहरुलाई सीप सिकाई आवश्यक सामग्री समेत हस्तान्तरण गरेका छौ।