July 14, 2026

Kanchan Media

"कञ्चनपुरको सञ्चार"

ट्राफिक प्रहरीले जरिवानाबाट २५% विशेष भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

नेपाल प्रहरीले ट्राफिक प्रहरीले सवारी नियम उल्लंघनबापत उठाइने जरिवानाबाट २५ प्रतिशत विशेष भत्ता पाउने भन्ने समाचार र सामाजिक सञ्जालमा फैलिएको दाबी पूर्ण रूपमा भ्रामक रहेको स्पष्ट पारेको छ।
समाचार:
नेपाल प्रहरी प्रधान कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै ट्राफिक प्रहरीले सवारी नियम उल्लंघनबापत उठाइने जरिवानाबाट कुनै पनि प्रकारको अतिरिक्त शुल्क, सुविधा वा २५ प्रतिशत विशेष भत्ता प्राप्त गर्ने कानुनी व्यवस्था नरहेको जनाएको छ।
विज्ञप्तिमा ट्राफिक जरिवानाबाट संकलित सम्पूर्ण रकम नेपाल सरकारको राजस्व खातामा जम्मा हुने उल्लेख गर्दै तथ्य र आधिकारिक जानकारीबिना अनुमानका आधारमा समाचार तथा टिप्पणी प्रकाशन–प्रसारण नगर्न सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरिएको छ।
यस्ता भ्रामक तथा तथ्यहीन सूचनाले आम नागरिकमा भ्रम सिर्जना गर्ने, सार्वजनिक संस्थाप्रतिको विश्वासमा नकारात्मक असर पार्ने तथा प्रशासनिक प्रक्रियालाई अनावश्यक रूपमा विवादित बनाउन सक्ने भएकाले जिम्मेवारीपूर्वक सूचना सम्प्रेषण गर्न नेपाल प्रहरीले सबै सरोकारवालासँग अनुरोध गरेको छ।

Copyright © All rights reserved. | Newsphere by AF themes.